‘मौलिकतामा आधारित शिक्षा निती आवश्यक’

पोखरा न्यूज – १४, मंसिर ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धिका लागि मौलिकतामा आधारित शिक्षा निती आवश्यक रहेको बताए ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगद्वारा आयोजित सुझाव सङ्कलन कार्यशाला आज यहाँ उद्घाटनका क्रममा उनले व्यवसायिक र प्राविधिक शिक्षाको खाँचो औंल्याए । मुलुकमा अधिकारको लडाई समाप्त भएको उल्लेख गर्दै उनले गुणस्तरीय शिक्षाका लागि राजनैतिकरुपमा गठित सङ्घ सङ्गठन आवश्यक नरहेकोमा जोड दिए ।

प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले दक्ष र निष्ठावान् शिक्षकबाट मात्र गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने उल्लेख गरीन् । पठनपाठनमा अङ्ग्रेजी भाषालाई बढी महत्व दिएर मातृ भाषालाई कमजोर बनाउन नहुनेमा जोड दिँदै उहाँले सङ्घ सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिइन् ।

प्रदेशसभा सदस्य रामजी बराल, राजिव पहारी र मनबहादुर गुरुङले परीक्षा प्रणाली समय सापेक्ष बनाइनुपर्ने बताए । कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव दीपेन्द्र काफ्ले, प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा लगायतले गुणस्तरीय, व्यवसायिक र प्राविधिक शिक्षा नीतिमा समेटिनु अपरिहार्य रहेको उल्लेख गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button