कास्कीमा लागूऔषध सहित एकजना पक्राउ

पोखरा न्यूज – १९, मंसिर ।

पोखराको अमरसिंह चोकबाट अवैध लागूऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, देवकोटा चोक बस्ने २६ बर्षीय राजन मौर्य रहेको प्रहरीले जानकारी दिएको छ । वडा प्रहरी कार्यालय रामबजार, कास्कीको प्रहरी टोलिले शंका लागि चेकजाँच गर्दा निजले बोकेको कालो झोला भित्र सिलप्याक गरी ल्याएको लागूऔषध फेला परेको प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।

प्रहरीले निजको साथबाट डाईजापाम ६० थान, नुर्फिन ६० थान र फनरागन ६० थान गरी जम्मा १८० थान लागूऔषध बरामद गरेको उल्लेख गरेको छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button