सोमबारदेखि पोखरामा हुने अन्तराष्ट्रिय पर्वतीय महोत्सवको तयारी पूरा

महोत्सवको अवसरमा हाप म्याराथन हुने

डि.एन.बी, पोखरा न्यूज -२२, मंसिर ।

नेपाल पर्वतारोहण संघको आयोजनामा सोमबार देखि पोखराको रातोपहिरा स्थित अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा हुने अन्तराष्ट्रिय पर्वतीय महोत्सवको तयारी पूरा भएको छ । मंसिर २६ गतेसम्म संचालन हुने उक्त महोत्सवको तयारी पूरा भएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जनकारी गराईएको हो ।

डिसेम्वर ११ तारिख अर्थात अन्तराष्ट्रिय पर्वतीय दिवसको अवसरमा संघले महोत्सवमा हिमाली क्षेत्रका समुदायको परम्परागत सांस्कृतिक, नाचगान र झांकी तथा खेल पर्यटनको समेत विकास गर्ने उद्धेश्यले यस बर्ष नेपाली धावक बैठुकण्ठ मानन्धरको नाममा एन.एम.ए.बैकुण्ठ मानन्धर हिमालयन हाप म्याराथन आयोजना गर्ने भएकोे संघका महासचिव कुल बहादुर गुरुङले बताए । पाचौं संस्करणको उक्त महोत्सव प्रभावकारी बनाउन हाप म्याराथन सहितका विभिन्न खेलकुद प्रतियोगिताहरु हुने महासचिव  गुरुङले बताए ।

महिलाहरुको लागि १० किलोमिडर सडक दौड हुने भएको छ । पुरुष तर्फ हाप म्याराथन बिजेताले ५० हजार उपविजेताले २५ हजार पुरस्कार प्राप्त गर्ने भएको छ । १० किलो मिटर महिला दौडमा विजेतालाई २५ हजार उपविजेतालाई १५ हजार पुरस्कार प्रदान गरिने भएको छ ।

त्यसै गरी एन.एम.ए.हिमालयन साईक्लिङ प्रतियोगिता हुने भएको छ । प्रतियोगिताका विजेतालाई २५ हजार उपविजेतालाई १५ हजार र तेश्रो हुनेलाई १० हजार पुरस्कार प्रदान गरिने भएको छ । महोत्सवको अवसरमा एन.एम.ए. टोनी हेगन टुरिजम पेन्टीङ प्रतियोगिता, रस्सा कसि प्रतियोगिता, छेलो प्रतियोगिता समेत हुने भएको छ । महोत्सवम खानाका विभिन्न परिकारलाइ समेत पुरस्कृत गरिने भएको छ । खानामा प्रथम हुनेलाइ १० हजार, दोश्रो हुनेलार्ई ७ हजार र तेश्रो हुनेलाइ ५ हजार पुरस्कारको व्याबस्था गरने भएको संघका महासचिव गुरुङले जनाए ।

नेपाल पर्यटन बोर्डको मुख्य प्रायोजक रहेको छ भने डिसेम्वर ११ अर्थात मंसिर २५ गते विश्व प्रसिद्ध हिमाल आरोहीहरुलाइ सम्मान गरिने भएको संघका अध्यक्ष सन्तविर लामाले बताए । विज्ञान, प्रबिधि, खानाको परिकार, सूचना केन्द्र विभिन्न पर्यटकीय बस्तुहरुको समवेश गरी महोत्सवमा ४० वटा स्टलहरु उपलब्ध गराउने भएको अध्यक्ष लामाले जनाए । महोत्सवमा स्टल तथा दर्शकले प्रबेश गर्दा निःशुल्क व्याबस्था गरिएको संघले जनाएको छ ।

उक्त महोत्सव सम्पन्न गर्न करिब ८० लाख खर्च लाग्ने भएको संघले जनाएको छ ।

संघका केन्द्रिय सल्लाहकार गणेश गुरुङले पोखरामा मानवर्निमित पर्यटकीय गन्तव्य पर्वतीय संग्राहलय भएकोले यसको प्रबद्र्धन गर्न पनि महोत्सवलाई निरन्तरता दिनु परेको बताए । अन्नपूर्ण च्याप्टर पोखराका अध्यक्ष कृष्ण प्रसाद काफ्लेले अझै पनि आफुहरुले उचित ढंगले संग्राहलयको प्रचार प्रसार गर्न नसकेको बताए । अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा एकै दिनमा ३ हजार ७ सय ५० जनासम्म पर्यटकहरु आउने गरेको कार्यालय प्रमुख बलप्रसाद राईले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button