पोखराको पर्वतीय संग्रहालयमा २० लाख पर्यटक, साढे १७ करोड बढी संकलन

डिएनबी, पोखरा न्यूज- २३, मंसिर 
। 

पोखराको पर्यटकीय स्थल अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा २० लाख पर्यटक भित्रिएका छन। २०६० सालमा स्थापना भएको उक्त संग्रहालयमा डेढ दशकको अन्तरालमा हालसम्म २० लाख ८ हजार ८ सय ६२ जना पर्यटक भित्रिएको अन्तराष्ट्रिय पर्वतीय संग्रहालयका प्रशासकिय अधिकृत ऋषिराम पौडेलले बताए ।

उक्त संङख्यामा पर्यटक संग्रहालयमा प्रबेस गर्दा १७ करोड ६१ लाख ३ हजार ९ सय १८ रुपैया संकलन भएको पौडेलले पोखरा न्यूजलाई बताए । संकलित रकम नेपाल पर्वतारोहण संघमा जम्मा हुदै आएको छ । हालसम्म ८ लाख ७२ हजार ८ सय २२ जना बिद्यार्थीहरु संग्रहालयमा अवलोकन गर्दा २ करोड ८९ लाख ६५ हजार ७ सय १३ रुपैया संकलन भएको प्रशासकिय अधिकृत पौडेलले जनाए । ६ लाख ३७ हजार ६ सय ६४ जना नेपाली पर्यटकले संग्रहालयमा अवलोकन गर्दा ४ करोड २३ लाख ३६ हजार ७ सय ७५ रुपैया संकलन भएको छ । १ लाख ५२ हजार ५ सय ९ जना सार्क पर्यटकले संग्रहालयमा अवलोकन गर्दा २ करोड ३१ लाख ३५ हजार २ सय ५० रुपैया संकलन भएको छ । २ लाख ३२ हजार ९ सय १७ जना तेश्रो मुलुकका पर्यटक संग्रहायलमा प्रबेश गर्दा ८ करोड १२ लाख ६५ हजार ४ सय रुपैया संकलन भएको छ ।

गत आर्थिक बर्ष २०७४/०७५ मा संग्रहालयमा २ लाख ७६ हजार २ सय ५४ जना पर्यटकहरुले अवलोकन गर्दा २ करोड ७८ लाख ८८ हजार ३ सय रुपैया संकलन भएको संग्रहालयले जनाएको छ । आर्थिक बर्ष २०७५/०७६ को साउन देखि संग्रहालयमा प्रबेस शुल्कमा बृद्धि भएको हो । संग्रहालयमा प्रबेस गर्दा बिद्यार्थीलाई पहिला ४० रुपैया शुल्क थियो भने हाल ५०  रुपैया कायम गरिएको छ । त्यसैगरी नेपालीलाई रु ८० बाट बृद्धि गरी १ सय, सार्क मुलुकका पर्यटकलाई २ सय बाट २ सय ५० र तेश्रो मुलुकका पर्यटकलाई प्रबेस शुल्क ४ सय बाट बृद्धि गरी ५ सय रुपैया कायम गरिएको छ । संग्रहालयमा हाल १० जना सुरक्षा गार्ड सहित ३२ जना कर्मचारी रहेकाछन।

संग्रहालयका प्रमुख बल बहादुर राईले अझै पनि आफुहरुले सोचे अनुरुपको पर्यटकहरु संग्रहालयमा भित्राउन नसकेको बताए । एक सय रोपनी क्षेत्रफलमा फैलिएको तथा साँढे ६ रोपी क्षेत्रफलको भवनमा रहेको संग्रहालय एसियाकै सबै भन्दा ठुलो संग्रहालय भएको राईले दाबी गरे । उक्त गार्डेमा मात्र प्रबेस गर्दा ३० रुपैया शुल्क लाग्छ ।

आर्थिक बर्ष २०७५/०७६ को साउन देखि मंसिर १५ गतेसम्म अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा एक लाख ६ सय ४३ जनाले प्रत्यक्ष अवलोकन गरेको संग्रहालयका प्रशासकिय अधिकृत पौडेलले बताए । उक्त पर्यटक संग्रहालयमा प्रबेश गरेसंगै १ करोड ४० लाख ५६ हजार ८ सय ९० रुपैया संकलन भएको छ । पौडेलका अनुसार साउन देखि मंसिर १५ सम्म पोखराको रातोपहिरोमा रहेको अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा सार्क मुलुकबाट ८ हजार १ सय ५३ जना, तेश्रो मुलुक अर्थात विदेशी पर्यटक १३ हजार ३ सय ४६ जना पर्यटक अवलोकन गर्न आएका हुन। त्यसै गरी ४१ हजार ६ सय ६३ जना बिद्यार्थी र ३२ हजार नेपाली पर्यटकले प्रत्यक्ष रुपमा संग्रहालय अवलोकन गरेकाछन।

साउनदेखि मंसिर १५ सम्म विदेशी पर्यटक संग्रहालयमा अवलोकन गर्दा प्रबेश शुल्क वापत ६६ लाख ७३ हजार रुपैया संकलन भएको प्रशासकिय अधिकृत पौडेलले बताए । त्यसै गरी सग्रहालयमा सार्क मुलुकका पर्यटक प्रबेस शुल्क वापत २० लाख ३८ हजार २ सय ५० रुपैया, बिद्यार्थीबाट २० लाख ८३ हजार १ सय ५० रुपैया र नेपालीबाट ३२ लाख रुपैया संकलन भएको छ उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button