१० लाख पर्यटक भित्रिएको भन्दै पोखरामा खुसियाली

डिएनबी, पोखरा न्यूज – १, पुष ।

नेपालमा १० लाख पर्यटक भित्रिएको भन्दै  पोखरामा खुसियाली मनाईएको छ ।

सन् २०१८ को ११ महिना भित्रै १० लाख भन्दा बढी पर्यटक नेपाल भित्रिन सफल भएको खुसियालीमा नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशको कार्यालय र पोखरा पर्यटन परिषदको आयोजनामा आइतबार पोखरामा केक काटेर तथा गेटटुगेदर गरी खुसिलायी मनाइएको हो ।

पोखरा क्षेत्रका पर्यटन व्यवसायी, उद्योगी, व्यवसायी, पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले केक काटेर खुसियाली मनाउदै नेपालको पर्यटन क्षेत्रमा यो तथ्याङकले  सकारात्मक शन्देस दिएको बताए । सङख्यात्मक भन्दा गुणात्मक पर्यटक भित्राउन लाग्नुपर्नेमा जोड दिदै मन्त्री लम्सालले पर्यटन पुर्वाधारको  अवस्था धेरै कमजोर अबस्थामा रहेको उल्लेख गरे ।

मन्त्री लम्सालले सन् २०२२ मा प्रदेशमा २० लाख पर्यटक गणना नै गरेर पु¥याउने उनले दाबी गरे । नेपालमा अझै दैनिक ५३ डलर खर्च गर्ने पर्यटकहरु आउने गरेको उल्लेख गर्दै मन्त्री लम्सालले दैनिक २ सय देखि ३ सय डलर खर्च गर्ने पर्यटकहरु भित्राउन लागिपर्नुपर्ने बताए । उनले गण्डकी प्रदेशको राजधानि पोखरामा आगामी ३ बर्ष भित्र २ लाख पर्यटकलाई राख्न सक्ने गरी भौतिक संरचना निमार्णमा निजी क्षेत्र लाग्नु पर्नेमा जोड दिए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरन्जिवी पोख्रेलले नेपालमा सन् १९९८ देखिको १० लाख पर्यटक भित्राउने सपना २० बर्ष पछि पुरा भएकोमा खुसि व्यक्त गर्दै यसले नेपालको पर्यटन क्षेत्रमा सकरात्मक प्रभाव पार्ने जनाए ।

नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयका निर्देशक सुर्य थपलियाले नेपाल आउने करिब ४० प्रतिशत जसो पर्यटक पोखरा आउने गरेको जनाए । यद्यपी पोखरामा हालसम्म सहि ढंगले पोखरा आउने पर्यटकहरुको तथ्याङक राखिएको छैन ।

नेपाल पर्यटन बोर्डको तथ्याङक अनुसार सन् २०१८ को जनवरी देखि नोवेम्वरसम्म १० लाख १ हजार ९ सय ३० जना पर्यटक नेपाल भित्रिएका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button