रोज सुनामीको “मरि लानु के नै छर…लैजाने मै हुँ तिमिलाई..” -हेर्नुहोस् भिडियो

पोखरा न्यूज-

रोज सुनामी राईद्धारा स्वरवद्ध “मरि लानु के नै छर, दुई दिने जिवनमा ? लैजाने मै हुँ तिमिलाई, यहि मंसिरैमा….।” बोलको गितले युटुवमा सार्वजनिक भएको पहिलो सातामै राम्रो प्रशंसा बटुल्न सफल भएको छ । वास्तिक जिवनमा आधारित लाग्ने शब्द र बीच –बीचमा मिसाइएको साकेलाको लयका कारण गितले धेरैलाई आकर्षित गरिरहेको छ ।

देवेश राईको शब्द र संगित रहेको सो गितलाई ओ एस आर डिजिटलले बजारमा ल्याएको हो ।दिनेश माङमुले निर्देशन गरेको गितको म्युजिक भिडियोमा धरानकै मनोरमस्थलको रुपमा चिनिने घोपाका दृष्यहरु समावेश छन् । यो गितको म्युजिक भिडियोमा सञ्जय लामा र जेसुन लिम्बुले अभिनय गरेका छन् ।

गितसंगित भनेपछि वाल्यकालदेखि हुरुक्कै हुने रोज सुनामी राई जव ७ वर्ष अघि पूर्वाञ्चल आइडलको फाइनलसम्मको यात्रा गर्न सफल भए तब यो बोलको गित सार्वजनिक भयो । र त्यहि गितलाई नयाँ फ्लेवर दिएर मंगोलियनसहित समग्र नेपाली संस्कृति उजागर गर्ने अठोटका बोकेर संगितपे्रमि माझ झुल्किए उनि ।

उनका दुई सेन्टिमेन्टल र अर्का दुई पूर्वेली लोक भाकामा आधारित गितहरु पनि रेकर्डिङकै प्रकृयामा छन् ।


सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button