कास्कीको मर्दीखोलामा पाँच करोड लागतमा पक्की पुल

पोखरा न्यूज-०८, पुष ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दीखोलामा मोटरेवल पक्की पुल बन्ने भएको छ । सङ्घीय सरकारकोे रु पाँच करोड चार लाख २४ हजार १७३ लागतमा निर्माण गर्न लागिएको सो पुलको लम्बाइ २५ मिटर र चौडाइ ११ मिटर हुने बताइएको छ ।

पुलको शनिबार युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले एक कार्यक्रमका बीच शिलान्यास गर्दै सङ्घ, प्रदेश तथा स्थानीय तहको निर्वाचनको क्रममा जनतासँग व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयन आरम्भ भएको बताए ।

पुल निर्माणको लागि गत साउन २ गते मित्रसञ्जीवनी निर्माण सेवासँग ठेक्का सम्झौता भएको सो पुल २०७६ फागुन ३० गतेभित्र तयार गरिसक्ने सम्झौतामा उल्लेख छ । पुल नहुँदा वर्षायाममा वडाका कुईबाङ, सैँतीखोला, इयुँ, तक्रो, सिदीङ, प्रम्धु तथा घलेलका बासिन्दा यातायातको सम्पर्कबाट विमुख हुने गरेको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले बताए ।

पुल तोकिएकै मितिमा सम्पन्न गर्न सहयोग गर्ने उद्देश्यले गाउँपालिकाले वडाध्यक्ष क्षेत्रीको संयोजकत्वमा वडाका सबै जनप्रतिनिधि सदस्य रहेको अुनगमन समिति निर्माण गरेको छ ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बराल (जीवन)ले जनप्रतिनिधिको हिसाबले पनि आफूले पुल तोकिएकै मितिमा सम्पन्न गर्न सहयोग गर्ने बताए । गाउँपालिकाका प्रमुख कर्णबहादुर गुरुङले गाउँपालिकाको समृद्धिसँग जाडिएको पुल तोकिएको मितिमा गुणस्तरीय रूपमा सम्पन्न गर्न निर्माण कम्पनीलाई गाउँपालिकाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button