स्याङ्जामा २ सय ६१ एचआइभी सङ्क्रमितद्वारा एआरटी सेवन

पोखरा न्यूज – १५, पुष ।­­­

स्याङ्जामा हाल २६१ एचआइभी सङ्क्रमितले एआरटी औषधि नियमित सेवन गर्दै आएका छन् ।

जिल्ला अस्पतालमा विगत आठ वर्षदेखि र गह्रौँ घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा विगत दुई वर्षदेखि उक्त सेवा सञ्चालनमा रहेको एआरटी परामर्शकर्ता शङ्कर जिसीले बताए । उनका अनुसार गह्रौँ घ्याङलिङबाट हाल ७८ महिला, ७२ पुरुष, पाँच बालिका, चार बालक गरी १५९ जना छन् ।

यस्तै जिल्ला अस्पतालबाट ६५ महिला, ३७ पुरुषसहित १०२ गरी कूल २६१ जनाले नियमितरुपमा एआरटी सेवन गर्दै आएका छन् । सो तथ्याङ्क हेर्र्दा जिल्लामा एआरटी सेवन गर्नेमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी देखिएको छ । सो दुई ठाउँका साथै पोखरा, पाल्पा, बुटवल तथा काठमाडौँसम्म पनि पुगेर एआरटी सेवन गर्नेको सङ्ख्या झण्डै २०० कै हाराहारीमा रहेको उनले जानकारी दिए।

“एचआइभी सङ्क्रमितहरु बिस्तारै खुल्ने र नियमित औषधि सेवन तथा परामर्शका लागि आउने गर्नुहुन्छ”, परामर्शकर्ता जिसीले भने, “गत आर्थिक वर्षमा मात्रै १७ जना नयाँ सङ्क्रमित भेटिएका थिए ।” सिडिफोर र भाइरल लोड परीक्षणका लागि काठमाडौँ नै पुर्याउनुपर्ने समस्या रहेको छ ।

औषधि सेवन तथा परामर्शका लागि टाढाटाढाबाट आउने सङ्क्रमितहरुलाई एचआइभीकै क्षेत्रमा काम गर्दै आइरहेको सङ्कल्प सहयोग समूहले वालिङ नजीकै खान, बस्नका लागि ‘केयर होम’ को व्यवस्था गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button