कास्कीमा मापसे गरि बृद्धको हत्या गर्ने एकै घरका ३ जना पक्राउ

पोखरा न्यूज- १६, पुष ।

कास्कीमा मादकपदार्थ सेवन गरि एक बृद्धको हत्या गर्ने एकै घरका ३ जनालाई प्रहरीले  पक्राउ गरेको छ ।

पर्वतको मोदी गाउँपालिका–२ देउपुरका ७३ वर्षिय दिलबहादुर सार्कीको  हत्यामा संलग्न  कास्कीको अन्नपूर्ण गाउँपालिका–१० क्लिउका एकै घरमा तीन जनालाई कास्की प्रहरीले पक्राउ गरि सोमबार सार्वजनिक गरेको हो  ।

पक्राउ पर्नेहरुमा क्लिउका ३१ बर्षिय बुद्धीमान सार्की, उनका ६० बर्षिय बुबा निमबहादुर सार्की र ७२ बर्षिय माईलो बुवा लालसिँह सार्की रहेका छन् ।

गत पुष ८ गते मृतक दिलबहादुर लगायत चारै जना बसेर मदिरा सेवन गरेको र मृतकले अपशब्द प्रयोग गरेपछि तीनजनाले संयुक्त रुपमा कुटपिट गरि उनको हत्या गरेको अनुशन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका  प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए।

मृतक दिलबहादुरको शव पुस १४ गते अन्नपूर्ण गाउँपालिका–१० खुम्बु्रखु स्थित मोदी खोलामा फेला परेको थियो । घटनास्थलमा रहेका बुद्धीमानको गतिबिधि शंकास्पद देखेपछी प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिई सोधपुछ गर्दा बुद्धीमानले आफुहरु ३ जनाले संयुक्त रुपमा कुटपिट गरि मारेर रातको समयमा झोलुङ्गे पुलबाट मोदी खोलामा फालेको बयान दिएको एसपी रानाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button