पोखरामा माघ १५ देखि पोखरा कप फुटवल प्रतियोगिता

पुरस्कारमा राषिमा बृद्धि, उत्कृष्ट खेलाडीलाई मोटरसाईकल

पोखरा न्यूज- १७, पुष ।

छैटौं संस्करणको मनकामना केबुलकार पोखरा कप फुटवल प्रतियोगिता माघ १५ गते देखि पोखरामा हुने भएको छ । अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीको आयोजनामा आउदो माघ २६ गतेसम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

प्रतियोगितामा जापानको विश्वबिद्यालयको टिम सहित ३ विदेशी, ८ ए डिभिजनका र आयोजक गरी १२ टिमको सहभागिता हुने भएको उनले जनाए । यस बर्ष प्रतियोगिताको पुरस्कार राशी समेत बृद्धि गरिएको आयोजकले जनाएको  छ । उपाधि बिजेताले यसवर्ष ७ लाख ५५ हजार रुपैयाँ पाउने भएका छन् । उक्त रकम अघिल्लो संस्करणको  भन्दा २ लाख रुपैयाँले बढी हो । उपबिजेताले प्रतियोगितामा अघिल्लो संस्करण भन्दा ५० हजार थपेर ४ लाख ५ हजार प्राप्त गर्ने छ ।

प्रतियोगितामा ५ विधाका उत्कृष्ट खेलाडीलाई जनही २५ हजार नगद सहित ट्रफी प्रदान गरिने आयोजक एन्फा कास्कीले जनाएको छ । उत्कृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिने भएको छ । प्रतियोगिताको अवसरमा फुटवल खेलमा योगदान दिने एक जनालाई सम्मान गर्दै एक थान मोटरसाइकल प्रदान गरिने एन्फा कास्कीले जनाएको छ ।

मनकामना केबुलकारको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिता यस बर्ष एन्फा केन्द्रले आफुहरुको अनुकुलमा  खेल समय तालिका दिएसंगै आफुहरुले उक्त प्रतियोगितालाइ निरन्तरता दिन लागेको एन्फा कास्कीका अध्यक्ष मीलन गुरुङले बताए । उनले भने “पहिला हाम्रो एन्फा केन्द्रले हामीलाई अनुकुलको समयमा प्रतियोगिता गर्ने मिति दिन नसक्दा हामीले  घाटा खाएर प्रतियोगिता संचालन गर्न नसक्ने भएकोले गर्दा स्थगित गरेका थियौं, यस बर्ष हामीलाई अनुकुल समयमा फुटवल खेलको मिति दिएकोले हामीले नारान्तरता दिन लागेका हौं । ”

प्रतियोगिताबाट १ करोड २८ लाख ५० हजार संकलन गर्ने लक्ष्य राखिएको अध्यक्ष गुरुङले जनाए । प्रतियोगिता सञ्चालनका लागि १ करोड १७ लाख खर्च लाग्ने समेत उनले बताए ।

विगत ५ बर्ष देखि निरन्तर रुपमा पोखरा सफल  कप हुदै मनकामना केबलकार पोखरा कपको नामबाट संचालन भएको प्रतियोगिताले दुई बर्ष पछि पुनः निरन्तरता पाएसंगै एन्फा संघले फुटवलका अन्य ग्रासरुटका कार्यक्रम समेत गर्ने योजना रहेको महासचिव रमेश कार्कीले जनाए । एन्फा कास्कीले पत्रकार तथा एक फुटवल खेलाडीलाई समेत सम्मान गर्ने भएको छ । एन्फा कास्कीको खेलाडी अक्षयकोषमा करिब १२ लाख रुपैया रहेको अध्यक्ष गुरुङले जनाए ।

पोखरा रंगशालामा अन्तराष्ट्रिय स्तरकै २० हजार सिट क्षमताको प्यारापिट निमार्ण गर्ने भन्दै केहि समय अघि पुरानो प्यारापिट भत्काएसंगै रित्तो रंगशालामा यस बर्ष अस्थायी प्यारापिट (स्काई फोल्डिङ) निमार्ण गर्ने एन्फा कास्कीले जनाएको छ । एन्फा केन्द्रका उपाध्यक्ष एवं फुटवल प्रशिक्षक कृष्ण थापाले एन्फाले बर्षमा लिग बाहेक २५ वटा प्रतियोगिता गर्दा खेल तालिका मिलाउन निकै कठिन हुन लागेको जनाए ।

पोखरा कप पछि लगतै पोखरामा हुने आहा रारा गोल्ड कप सकिएसंगै पोखरामा अन्तराष्ट्रिय स्तरकै फुटवल मैदान सहितको प्यरापिट निमार्ण कार्य सुरु हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम बहादुर गुरुङले बताए । एन्फा कास्कीले करिब ८ लाख खर्चियर हरियो फुटवल मैदान तयार पार्न लागेको उपाध्यक्ष विश्व तण्डुकारले बताए ।

यसै बिच पोखरामा फागुन दोश्रो साता देखि आहा रारा गोल्ड कप हुने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button