पुराना कुवा संरक्षण गर्दै कास्कीको अन्नपूर्ण गाउँपालिका

पोखरा न्यूज- १८, पुष ।

अन्नपूर्ण गाउँपालिका कास्कीले सयौंँ वर्ष पुराना कुवा संरक्षण गर्ने भएको छ । प्राचीनकालदेखि सर्वसाधारणको खानेपानीका उपयुक्त विकल्प बनेका कुवा र तिनको महत्व समेतलाई दृष्टिगत गरी गाउँपालिकाभित्रका सयौँ वर्ष पुराना झण्डै दुई दर्जन कुवाको संरक्षण गर्न पहल थालिने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए।

स्थानीयवासी समेतको सक्रियतामा कुवा संरक्षण कार्यलाई अघि बढाइने उल्लेख गर्दै उनले यस आर्थिक वर्षका लागि गाउँपालिकाले रु पाँच लाख बजेट छुट्याएको बताए । अन्नपूर्ण गाउँपालिका–२ स्थित रातामाटा कुवा यहाँको झण्डै ४०० वर्ष पुरानो भएको विश्वास गरिने कार्यपालिका सदस्य भगवती भण्डारीले बताए ।

गाउँपालिका–५ झोवाङस्थित चिसापानी कुवा, वडा नं ६ लुम्लेस्थित माझखोला कुवा, वडा नं ९ उल्लेरीस्थित उजेली कुवालगायतका झण्डै दुई दर्जन कुवा यस क्षेत्रमा बस्ती शुरु हुँदादेखि नै अस्तित्वमा आएको मानिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button