पोखरामा पर्यटकको आगमनमा ३१ प्रतिशतले बृद्दि

पोखरा न्यूज- १८, पुष ।

२०१८ मा नेपालमा ११ लाख पर्यटक आएको दाबी गरी रहदा पोखरा आउने पर्यटकको सङख्यामा समेत बृद्धि भएको छ । सडक मार्ग र हवाई मार्ग हुँदै पोखरा आउने पर्यटकहरु मध्य हवाई मार्ग हुँदै पोखरा आउने तथा जाने पर्यटकको संख्या अघिल्लो बर्षको तुलानामा २०१८ मा ३१ प्रतिशतले बृद्धि भएको छ ।

अघिल्लो बर्षमा हवाई उडान हुँदै पोखरा आवाज-जावात गर्ने ४ लाख २९ हजार ८ सय ३५ जना पर्यटकहरु रहेकोमा यस बर्ष ६ लाख २३ हजार ५ सय ३८ जना पर्यटक पोखरा आवाज-जावात गरेको नागरिक उडड्यन कार्यालय पोखराका सुचना अधिकारी काशीनाथ पौडेलले बताए । अघिल्लो बर्षको तुलनामा ३१ प्रतिशत अर्थात १ लाख ९३ हजार ७ सय ३ जना बढी आन्तरिक तथा बाहय पर्यटकहरु पोखरामा हवाई उडान मार्फत आवाज जावात गरेको पौडेलले बताए ।

त्यसै गरी पोखरामा अघिल्लो बर्षको तुलनामा २०१८ मा आन्तरिक तथा बाहय पर्यटकको सङख्यामा समेत बृद्धि भएको हो । सन् २०१७ को तुलनामा २०१८ मा २३.४५ प्रतिशतले विदेशी पर्यटकको सङख्यामा बृद्धि भएको हो । २०१८ मा हवाई मार्ग हुँदै पोखरा आउने तथा पोखराबाट बाहिर जाने पर्यटकको सङख्यामा ४४ हजार ६ सय ३२ जना बढी पर्यटक पोखरामा आवाज जावात गरेको नागरिक उडड्यन कार्यालय पोखराले जनाएको छ ।

अघिल्लो बर्ष २०१७ मा ३२ हजार १ सय ८ वटा हवाई उडान हुँदा १ लाख ४५ हजार ६ सय ४५ जना विदेशी पर्यटकहरु पोखरा आवाज जावात गरेको सुचना अधिकारी पौडेलले बताए । गत बर्ष २०१८ मा ४३ हजार ८० वटा हवाइ उडान हुँदै १ लाख ९० हजार २ सय ७७ जना विदेशी पर्यटक पोखरा आवाज जावात गरेको  सुचना अधिकारी पौडेलले बताए । अघिल्लो बर्षको तुलनामा गत बर्ष २५.४६ प्रतिशतले हवाई उडान समेत बृद्धि भएको उनले जनाए ।

अघिल्लो बर्षको तुलनामा गत बर्ष ३४.४० प्रतिशतले स्वदेशी पर्यटकको सङख्यामा बृद्धि भएको छ । अघिल्लो बर्षको तुलनामा गत बर्ष १ लाख ४९ हजार ७१ जना नेपाली पर्यटकले हवाइ उडन मार्फत पोखरा आवाज-जावात गरेका थिए । २०१७ मा २ लाख ८४ हजार १ सय ९० जना स्वदेशी पर्यटकहरुले हवाई उडान मार्फत पोखरा आवाज जावात गरेका थिए भने गत बर्ष २०१८ मा भने ४ लाख ३३ हजार २ सय ६१ जना स्वदेशी पर्यटकहरु आवाज जावात गरेको स७त्रगयतसचना अधिकारी पौडेलले बताए ।

बुद्ध एयर, यति एयरलायन्स, सिम्रिक एयर, तारा एयर, नेपाल एयरलायन्सले पोखरा-काठमाण्डौं, काठमाण्डौं-पोखरा, पोखरा चितवन, चितवन पोखरा, पोखरा भैरहवा, भैरहवा पोखरा, पोखरा जोमोम, जोमोम पोखरा लगायतका ठाँउमा हवाई उडान गर्दै आएका छन। त्यसै गरी पोखरामा पर्यटकलाई लक्षित गरी दृश्यावलोकनको लागि हेलिकोप्टर तथा अल्ट्रालाईट समेत संचालन हुने गरेका छन।

केहि एयरलाईन्सहरुले सहुलियत दरमा उडान गरेकोले, सडकबाट पोखरा काठमाण्डौं, कठमाण्डौं पोखरा गर्न झनझटीलो बढी जाममा पर्ने भएकोले गर्दा भएकोले पोखरामा हवाई मार्ग हुदै बढी पर्यटकहरु आउन थालेको नागरिक उड्यान कार्यालय पोखराका प्रमुख भोलाप्रसाद गुरागाँईले बताए । त्यसै गरी पोखरामा विभन्नि कार्यक्रमक गतिविधि बढेकोले, पोखरा एक लाहुरेको शहर भएकोले, पोखरा पर्यटकीय र शान्त भएकोले गर्दा पनि अघिल्लो बर्षको तुलानामा हवाई उडान सहित पर्यटकहरुको सङख्यामा उत्साहजनक रुपमा बृद्धि भएको उनले जनाए ।

नेपाल पर्यटन वोर्डले आर्थिक बर्ष सन २०१८ मा ११ लाख पर्यटक भित्रिएको दाबी गरेको छ । पोखरामा पनि पर्यटकको सङख्यामा बृद्धि भए पनि हवाई फलाईट बाहेक सडक मार्ग ह७३घढसदै पोखरा आउने तथा पैदलबाट पोखरा भित्रिने पर्यटकहरुको तथ्याङक राख्न नसक्दा पोखरामा कति पर्यटक आउछन भनि हचुवाको भरमा भन्ने गरिन्छ । नेपालमा आउने विदेशी पर्यटक करिब ४० प्रतिशत पोखरा आउने दाबी गरिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button