पोखरामा विद्यालय स्तरीय छात्र-छात्रा भलिवल प्रतियोगिता हुने

पोखरा न्यूज- १९, पुष ।

पोखरामा माघ ८ गतेदेखी १२ गतेसम्म सामुदायिक मावि स्तरीय भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र, सिमलचौर पोखरा संयुक्त रुपमा कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्र-छात्रा भलिवल प्रतियोगिता आयोजना गर्न लागेको हो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित आयोजित प्रतियोगिताको तयारी शुरु गरिएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराइयो ।

स्कुल-स्कुलमा भलिवल खेल पुर्याउने लक्ष्यसहित आयोजना हुने उक्त प्रतियोगिता पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा खेलाइने कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए साथै प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुको सहभागिता रहने पराजुलीले बताए । कक्षा १२ सम्म अध्ययनरत विद्यार्थी सहभागि बन्नसक्ने प्रतियोगितामा छात्र तथा छात्रा दुबैतर्फ ५०-५० टिमको सहभागिता रहने अनुमान गरिएको छ ।

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको सृजना विकास केन्द्रका अध्यक्ष मिनप्रसाद भट्टराईले बताए । उनले प्रतियोगिताले लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै खेलाडी उत्पादनमा पनि सघाउने विश्वास व्यक्त गरे ।

पत्रकार भेटघाट कार्यक्रममा सहभागि राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले भलिवल खेलको जग निर्माणका लागि प्रतियोगिता कोशेढुंगा सावित हुने बताए । उनले खेलाडीलाई प्रोत्साहन गर्नका लागि प्रतियोगितामा सहभागि टीम तथा खेलाडीलाई  खाने, बस्नेलगायतका सुविधा दिइनुपर्ने धारणा व्यक्त गरे ।

पत्रकार सम्मेलनको अवसरमा जिल्ला भलिवल संघका पूर्व उपाध्यक्ष तथा भलिवलका रेफ्रीसमेत रहेका पोखरा समाज अस्ट्रेलियाका अध्यक्ष राजकुमार अधिकारीलाई भलिवल खेलको विकासमा योगदान दिएको भन्दै दोषल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रतियोगिताको उपाधि बिजेतालाई ५० हजार, उपबिजेतालाई ३० हजार र तृतीय हुने विद्यालयलाई १५ हजारसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन् । यसैगरी प्रतियोगितामा सहभागि सबै टिमलाई तयारीका लागि ५-५ हजार प्रदान गरिनेछ ।

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कृत गरिने जनाइएको छ ।

प्रतियोगिता सञ्चालन गर्न करीब ८ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको सृजना विकास केन्द्रका प्रथम उपाध्यक्ष तथा प्रचारप्रसार संयोजक ईन्द्र पौडेलले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button