राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुसको अन्तिममा

पोखरा न्यूज- २०, पुष ।

न्यू डायमण्ड स्पोर्टस क्लबको आयोजनामा दोस्रो संस्करणको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुसको अन्तिम सातामा हुने भएको छ ।

यही पुस २५ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा तीन विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ), त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब क्लबसहित न्यू डायमण्ड एकेडेमी, टप्स मावि पोखरा, पारामाउन्ट स्कुल, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र चितवन ताइग्रेसले सहभागिता जनाउनेछन् ।

लिग कम नकआउटका आधारमा हुने उक्त प्रतियागितामा सहभागी टोलीलाई विभिन्न चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा न्यू डायमण्ड र चितवन, ‘बी’ मा टप्स र पारामाउन्ट, ‘सी’ मा आर्मी र पुलिस तथा ‘डी’ मा एपिएफ र जावलाखेल परेका छन् ।

प्रतियोगिताको विजेता टोलीले रु तीन लाख, उपविजेताले रु दुुई लाख, तेस्रो हुनेले रु एक लाख एक हजार प्राप्त गर्नेछन् । सर्वोकृष्ट एक खेलाडीले रु १५ हजार तथा व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीले जनही रु पाँच हजार प्राप्त गर्नेछन् । पुस २८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेल न्यू डायमण्ड एकेडेमीको भलिबल कोर्टमा आयोजना हुनेछ । प्रतियोगिता सञ्चालन गर्न नेपाल भलिबल सङ्घले रु १५ हजार सहयोग गर्ने सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button