कास्कीमा ५ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा एक पक्राउ

पोखरा न्यूज- २१, पुष ।
कास्कीमा बालकलाई अप्राकृतिक मैथुन गर्ने एकजनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

कास्कीको माछापुच्छ्रे गाँउपालिका ८ धम्पुसका पाँच वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा कास्की प्रहरीले शनिबार स्थानीय ४३ बर्षीय वैकुण्ठ भण्डारीलाई पक्राउ गरेको हो ।

भण्डारीले आफ्नो पसलमा आएका बालकलाई मिठाई दिई ललाई फकाई गरि अप्राकृतिक मुखमैथुन गराएको भनि बालकको परिवारको उजुरीका आधारमा भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए।

करिव एक साता पहिला अप्राकृतिक मैथुन गरेको आरोपमा शनिबार पक्राउ परेका भण्डारीको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button