मिस म्याग्दीको उपाधि छन्त्याललाई

पोखरा न्यूज- २२, पुष ।

किङ्ग क्रियशनले आयोजना गरेको ‘मिस्टर एण्ड मिस मोडल अफ म्याग्दी’ सौन्दर्य प्रतियोगिताको उपाधि बेनीको क्याम्पसचोककी हेना खड्का छन्त्यालले जितेकी छिन् ।

बेनीमा शनिबार भएको फाइनलमा ३२ प्रतिस्पर्धीलाई पछि पार्दै १४ वर्षीया छन्त्यालले मिस्टर एण्ड मिस मोडल अफ म्याग्दीको उपाधि र ताज पहिरिएकी हुन् । कालीपुलकी सोनिया पुन फस्ट रनरअफ भएकी छिन् । विजेता छन्त्यालले रु ५० हजार नगदसहित ताज र प्रमाणपत्र प्राप्त गरिन् ।

फस्ट रनरअफ सोनियालाई म्युजिक भिडियोमा अभिनयको अवसर दिइने आयोजक किङ्ग क्रियशनका सुमन खड्काले बताए । ३२ प्रतिस्पर्धीहरु मध्य तीन जना युवा र १२ जना युवती अन्तिम १५ मा छनोट भएका थिए ।

उपाधि विजेता छन्त्याल बेनीको माउन्ट एभरेष्ट आवासीय माविको कक्षा ८ मा अध्ययनरत छिन् । मिस्टर एण्ड मिस म्याग्दीको ताज पहिरिएपछि छन्त्यालले नसोचेको सफलता पाएको र सपनाजस्तो लागेको बताइन् । मोडलिङमा रुचि राख्ने छन्त्यालले आफ्नो कलामार्फत जन्मभूमि र देशलाई चिनाउन योगदान गर्ने बताइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button