तनहुँको डसना उद्योगमा आगलागी हुँदा रु २० लाख क्षति

पोखरा न्यूज- २२, पुष ।

तनहुँको व्यास नगरपालिका–४ सिमलटारस्थित डसना उद्योगमा आज बिहान आगलागी हुँदा रु २० लाखको क्षति भएको छ । बेथेल इन्जिनीयरिङ प्रालिले सञ्चालन गरेको डसना उद्योगमा विद्युत् चुहिएर आगलागी हुँदा रु २० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आगलागीबाट उद्योगमा रहेको सम्पूर्ण सामान पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । बिहान ८ बजे लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा ११ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

टिनले छाएको घरमा सञ्चालित उद्योगमा लागेको आगो निभाउने क्रममा घरको केही भागहरुमा समेत क्षति पुगेको छ । प्रनाउ अर्यालले भने , “आगो निभाउने क्रममा डोजरको सहयोगले घरको केही भाग भत्काइएको छ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button