कास्कीमा सवारी दुर्घटनामा एक जनाको मत्यु

पोखरा न्यूज-२२, पौष ।

कास्कीमा आइतवार सवारी दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।

नँयापुलबाट मिचुतर्फ जाँदै गरेको ग १ ज ५१९७ नम्बरको  जिप अन्नपूर्ण गाँउपालिका – १० हुँदुमा दुर्घटना हुँदा जिप चालक अन्नपुर्ण गाँउपालिका -५ झोबाङका ३५ बर्षीय भिम बहादुर खत्री क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिप सडकबाट करिब  ३ सय  मिटर तल खसेको र चालक  क्षेत्रीको घटना स्थलमानै मृत्यु भएको छ प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए  ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button