बन्दीपुरमा मिनी म्याराथुन खुला दौड प्रतियोगता हुने

पोखरा न्यूज-२२, पौष ।

बन्दीपुर गाउँपालिकाको आयोजनामा माघ १ गते डुम्रेबजारबाट बन्दीपुरको टुँडिखेलसम्म मिनी म्याराथुन खुला दौड प्रतियोगता हुने भएको छ । करीब आठ किलोमिटरको उक्त दौडमा प्रथम हुनेले ४० हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १० हजार र चौथो र पाँचौँले पाँच–पाँच हजार पुरस्कार पाउने छन् ।

स्थानीय तहमा बन्दीपुरलाई चिनाउन, पर्यटकीय क्षेत्र प्रवद्र्धन गर्न, शिक्षालाई केन्द्रका रुपमा विकास गर्न, कृषि ,उद्योगलाई प्रदेश सरकारको केन्द्रबिन्दु बनाउन र आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button