पोखरा रंगशालामा अन्तराष्ट्रिय स्तरको फुटवल स्टेडियम निमार्ण गर्न भारतीय कम्पनीसँग सम्झौता

डिएनबी, पोखरा न्यूज- २३, पुष ।

पोखरामा अन्तराष्ट्रिय स्तरको फुटवल मैदान सहित १८ हजार दर्शक क्षमताको प्यारापिट (स्टेडियम) निमार्ण गर्न भारतको एक कम्पनीसँग सम्झौता भएको छ ।

केहि महिना अगाडि देखि ग्लोवल टेण्डर आव्हान गरिएको भएतापनि प्राविधिक कारणले गर्दा टेण्डर पर्न नसकेपनि अन्ततः पछिल्लो पटक परेका भारत र चानाकाइ दुई कम्पनी मध्ये भारतको ग्रेट स्र्पोट्स इन्फ्रा इन्डियाले नेपालको एम.ए.कन्सट्रक्सन जावलाखेल ललितपुर सँगको जोइन्ट भेन्चरमा राष्ट्रिय खेलकुद परिषदसंग हालै सम्झौता गरेको जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।

उक्त कम्पनीले २१ दिन भित्र उक्त प्रोजेक्टको डिजाईन स्विकृत लिएसंगै १० महिना भित्र पोखरा रंगशालामा अन्तराष्ट्रिय स्तरको फुटवल मैदान, एथ्लेटिक्स फुटट्याक, स्टीलबाट निर्मित फोल्डीङ गर्न मिल्ने गरी १८ हजार दर्शक क्षमताको प्यारापिट निमार्ण गर्ने भएको बरालले बताए । सन् २०१९ मा नेपालमा आयोजना गरिने १३ औ संस्करणको दक्षिण एशियाली खेलकुद (साग गेम्स) लाई मध्येनजर गर्दै नयाँ फुटवल मैदान सहितको प्यारापिट निमार्ण गर्न पनि करिब ३५ बर्ष पुरानो प्यारापिट करिब एक बर्ष अगाडि भत्काइएको थियो ।

उक्त प्रोजेक्टको लागि नेपाल सरकार अर्थमन्त्रालयले १ अर्ब ७३ करोड ५५ लाख रुपैयाको बजेट सुनिश्चित गरेको क्षेत्रिय खेलकुद विकास समितिका ईन्जिनियर प्रनिस ताम्राकारले बताए । उनका अनुसार यस आर्थिक बर्षमा अर्थमन्त्रालयले ५५ करोड विनियोजन गरेको छ । यस अघि उक्त प्रोजेक्टमा एक अर्ब ३८ करोडको प्रस्ताव गरिए पनि पछि केहि काम थप गरिने भए पछि बजेटको आकार बढेको उनले जनाए । पहिलाको भन्दा पछि एथ्लेटिक्सको लागि फुटट्याक र म्याट समेत राख्ने भएकोले गर्दा बजेटको आकार बढ्न गएको ई.ताम्राकारले जनाए ।

पछिल्लो समयमा पोखरा रङशालामा फुटवल सहितको प्यारापिट निर्माणका लागि प्रस्ताब पेश गर्नेमा चाइनाको सिएमइ कन्स्ट्रक्सन् प्रोजेक्ट बेइजिङ कम्पनी लिमिटेडले नेपालको सि.ए.बी कन्सट्रक्सन् एचडी. लि.जावलाखेल ललितपुरको संगको जोइन्ट भेन्चरमा तथा भारतको ग्रेट स्र्पोट्स इन्फ्रा इन्डियाले नेपालको एम.ए.कन्सट्रक्सन जावलाखेल ललितपुरको जोइन्ट भेन्चरमा प्रस्ताब पेश गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button