पोखरामा नवजात शिशुको शव फेला, फोहोर उठाउने गाडीमा शव

पोखरा न्यूज- २३, पुष ।
पोखरामा सोमबार एक नवजात शिशुको शव फेला परेको छ ।

सोमबार विहान करिब साढे ९ बजे पोखरा-१४ स्थित डम्पिङ साइडमा कर्मचारीहरुले फोहोर छुट्टाउने क्रममा तन्नाले बेरिएको अवस्थामा नवजात बालकको शव फेला पारेको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिकाको फोहोर उठाउने गाडीले संकलन गरेर लगेको फोहोरमा शिशुको शव भेटिएको प्रदेश ४ प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।

पुरीका अनुसार पोखरा- १७ बिरौटा स्थित अन्नपुर्ण मार्ग र यज्ञशालामार्गबाट महानगरको ग १ ख ८४७८ नम्बरको फोहोर उठाउने गाडीबाट शंकलित फोहोरमा तन्नाले बेरिएको अवस्थामा शिशुको शव फेला परेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button