बन्दीपुर अस्पताल निर्माणका लागि रु एक करोड दान

थप रु ५० लाख सहयोग गर्ने प्रतिबद्धता

पोखरा न्यूज- २३, पुष ।

तनहुँको बन्दीपुर पुख्र्यौली घर भई हाल चितवन बस्ने कृष्णलाल प्रधान र चिरञ्जीवी प्रधानले बन्दीपुर अस्पताल निर्माणका लागि रु एक करोड दान गरेका छन् ।

आफ्ना स्व बुबा शम्भुलाल प्रधान र आमा बालकुमारी प्रधानको स्मृतिमा उनीहरुले अस्पताल निर्माणका लागि उक्त रकम दान गरेका हुन् । अस्पताल भवन जीर्ण भएपछि गाउँपालिकाले नयाँ भवन निर्माण शुरु गरेको छ । भवनको आज गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले शिलान्यास गरे ।

बुबाआमाको स्मृतिमा केही रकम सामाजिक सेवामा लगानी गर्ने उद्देश्यसहित अस्पताल बनाउन उक्त रकम गाउँपालिकालाई प्रदान गरेको कृष्णलाल प्रधानले जानकारी दिए । गाउँपालिकाले अस्पताल निर्माणका लागि सहयोग गर्न आग्रह गरेपछि सो रकम प्रदान गरेको उनले बताए ।

मानव अङ्ग प्रत्यारोपण केन्द्र तथा ज्येष्ठ नागरिक अस्पतालका रुपमा सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य रहेको अध्यक्ष थापाले जानकारी दिए । करीब रु छ करोडको लागतमा बन्ने अस्पताल भवन चार तलाको हुनेछ । तत्कालका लागि दुई तल्लाको बनाइने र एक तल्ला प्रधान परिवारको स्मृतिमा नामाकरण हुने बताइएको छ ।

भवन निर्माणका लागि गाउँपालिकाले समेत केही रकम हाल्ने र अपुग रकम बन्दीपुरवासीसँग सङ्कलन गरिने उनले बताए । उनका अनुसार अस्पताल भवन निर्माणका लागि प्रधान परिवारले थप रु ५० लाख सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button