भाषा र संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व हो: सभामुख महरा

पोखरा न्यूज- २४, पुष ।

सभामुख कृष्णबहादुर महराले भाषा र संस्कृतिको संरक्षण गर्ने दायित्व राज्यको भएको बताएका छन् ।

तमु ल्होसारका अवसरमा ङ्योए तमु धि लेखनाथले आज यहाँ आयोजना गरेको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “नेपाल एक बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक भएकाले ती सबै भाषा, धर्म र संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व हो ।”

सभामुख महराले आफ्नो मौलिक संस्कृति र जातीय पहिचानका लागि जातजातिका बीच सङ्गठित हुनु आवश्यक रहेको उल्लेख गर्दै एकले अर्कालाई सम्मान गर्ने र सहकार्यको माध्यमबाट अगाडि बढ्ने परिपाटीको विकासले मात्र हाम्रो मौलिक भाषा र संस्कृतिको संरक्षण हुन्छ भने ।

भारतीय दूतावासका डा अजय कुमारले नेपाल र भारतबीच युगौदेखि चलिआएको सम्बन्धलाई आगामी दिनमा अझ बढी सबल, सुदृढ र प्रभावकारी बनाउनुपर्नेमा जोड दिदैं खानेपानी, शिक्षा, स्वास्थ्य, प्रविधिलगायत नेपालको समग्र विकासमा भारत सरकार सहयोगी मित्रको भूमिकामा रहेको बताए ।

ङ्योए तमु धि लेखनाथका अध्यक्ष मनबहादुर गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल भारत मैत्री सङ्घका अध्यक्ष प्रेम लस्करी, सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ, तमु धि कास्कीका अध्यक्ष कर्मा गुरुङलगायतले तमु ल्होसारका अवसरमा सम्बन्धित सबैमा शुभकामना व्यक्त गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button