गण्डकी प्रदेशले मुग्लीङ र राम्दीमा नमस्ते सुचना केन्द्र स्थापना गर्ने

डिएनबी, पोखरा न्यूज- २४, पुष ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेशको नाका मुग्लीङ र राम्दीमा नमस्ते सुचना केन्द्र (ईफरमेसन डेक्स) स्थापना गर्ने बताएका छन।

गण्डकी प्रदेशले आन्तरिक भ्रमण बर्ष २०१९ का सम्बन्धमा मंगलबार पोखरामा आयोजित सरोकारवालासंगको अन्तरकृया कार्यक्रममा बोल्दै मन्त्री लम्सालले यसै बर्षमा गण्डकी प्रदेशको प्रबेशद्धार मुग्लीङ र राम्दीमा पर्यटकीय क्षेत्र गण्डकी प्रदेशमा प्रबेशको अनुभुति हुने गरी नमस्ते सुचना केन्द्रको स्थापनाको तयारी भएको बताएका हुन।

उनले भने “ मान्छेलाई के अनुभुति हुनु पर्यो भने अब म गण्डकी प्रदेशको पर्यटकीय शहरमा प्रवेश गर्दैछु, त्यसको लागि उनीहरुलाई सुचना केन्द्रबाट पर्यटकीय गतिविधि जानकारी हुनुका साथै मुल गेटबाटै उनीहरुलाई स्वागत गरेको अनुभुती दिलाउने हाम्रो चाहना हो । ” मुग्लीङ र राम्दीमा सुचना केन्द्र स्थापना भए पछि नवलपरासि समेत राख्ने योजना भएको उनले जनाए ।

गण्डकी प्रदेशमा आगन्तुक आन्तरिक पर्यटकलाई आकर्षण गर्न नमस्ते अभियान सुरु गरिएको मन्त्री लम्सालले बताए । उनले भने “अब हामीहरुले हाम्रो क्षेत्रमा आगन्तुक पाहुनाहरुलाई आदर सत्कारको पहिलो कदम भनेको गण्डकी प्रदेशमा प्रवेश गर्न साथ हामी, ट्याक्सी चालक, सुरक्षाकर्मी, होटल तथा रेष्टुरेण्ट व्यवसायी तथा कर्मचारीले नमस्ते अभियान सुरु गर्नु पर्छ, यो अभियान हामी सबै क्षेत्रमा लागु गर्न आग्रह गछौं । ”

सन २०१९ लाई आन्तरिक भ्रमण बर्ष मनाउने गण्डकी प्रदेशले उद्घोष गरे पनि एक हप्ता समय विति सक्दा पनि गण्डकी प्रदेश सरकारले कसरी आन्तरिक भ्रमण बर्ष मनाउने त्यस बिषयको कुनै मास्टर प्लान बनाउन सकेको छैन् । प्रदेश सरकारले आन्तरिक भ्रमण बर्षको लागि १० करोडको बजेट विनियोजन गरे पनि हालसम्म कुनै योजना नहुदा कहाँ कसरी खर्च गर्ने अन्यौल भएको देखिन्छ ।

यसै बिषयलाई गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराले पोखराका केहि पर्यटन व्यवसायीहरुसंग छलफल गरी सुझाव संकलन गरेको छ । छलफलमा दिएको राय सल्लाह तथा सुझावलाई मन्त्रालय र पर्यटन बोर्डले उपयुक्त पर्यटकीय गन्तव्यको पर्यटन प्रबद्र्धनमा सहयोग गर्ने भएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक सुर्य थपलियाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button