गण्डकी प्रदेशद्वारा वन तथा जलाधार नीति पारित

पोखरा न्यूज- २५, पुष ।

गण्डकी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले वन तथा जलाधार नीति २०७५ पारित गरेको छ ।

बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले वन संरक्षणका साथै वातावरणीय स्वच्छता कायम गर्न, पहिरो नियन्त्रणलगायतका विषयलाई लक्षित गरी नीति तयार भएको जानकारी दिए ।

प्रवक्ता बस्नेतका अनुसार सामुदायिक अस्पतालबाट निस्केको फोहर व्यवस्थापनका लागि गठित समितिबाट प्राप्त प्रतिवेदन बैठकले अनुमोदन गरेको छ । प्रतिवेदनमा सामुदायिक मात्र नभई सरकारी अस्पतालको फोहर व्यवस्थापनको विषय पनि समेटिएको उनले जानकारी दिए ।

बैठकले प्रदेशभित्र भौतिक पूर्वाधारसहित यसै आर्थिक वर्षमा १७ वटा ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गर्ने निर्णय गरेको छ । सरकारले आगामी माघ १ गते सङ्क्रान्तिका दिन सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button