गण्डकी प्रदेशमा माघ १ गते सार्वजनिक विदा, बैंक तथा वित्तीय संस्था पनि विदा

पोखरा न्यूज –२५, पुष ।

गण्डकी प्रदेशमा माघ १ गते सार्वजनिक विदा हुने भएको छ ।

माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गण्डकी प्रदेशको सरकारको पुष २५ गतेको निर्णयबाट माघ १ गते मंगलबार सार्वजनिक बिदा दिने घोषणा गरिएको हो ।

गण्डकी प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधवार सार्वजनिक सूचना प्रकाशित गरि उक्त दिन प्रदेशस्थित सबै शैक्षिक संस्था, सरकारी तथा सार्वजनिक कार्यालय, बैंक तथा वित्तीय सस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ ।

यस अघि प्रदेश सरकारले गुरुङ समुदायको ल्होछार पर्वको अवसरमा पुष १५ मा बिदा दिदाँ बैंक तथा वित्तीय सस्था उल्लेख गरेको थिएन । जसका कारण उक्त दिन प्रदेशका बैंक तथा वित्तीय सस्थाहरु खुलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button