पोखराको शुक्रराज माविको स्वर्ण महोत्सवको लागि विदेशबाट सहयोग रकम आउने क्रम जारी

पोखरा न्यूज –२५, पुष ।

पोखरा महानगरपालिका २२ स्थित पुम्दी भुम्दीको शुक्रराज माविको स्वर्ण महोत्सव सम्पन्न गर्न विदेशबाट समेत आर्थिक सहयोग आउने क्रम जारी रहेको छ । बिद्यालय स्थापनाको ५० औं बर्ष गाँठको अवसरमा बिद्यालयले यस बर्ष भरी स्वर्ण महोत्सव मनाउदै गरेको सन्दर्भमा उक्त महोत्सवलाई सफल पार्न विदेशी तथा स्वदेशी सहयोगीहरुले आर्थिक सहयोग गर्ने क्रम जारी रहेको छ ।

स्वर्ण महोत्सव सम्पन्न गर्नको लागि करिब २० लाख खर्च लाग्ने भए पनि हालसम्म करिब स्वदेशी तथा विदेशी दाताहरुबाट १२ लाख रुपैया आर्थिक संकलन भएको र थप रकम सहयोग आउने क्रम जारी रहेको बिद्यालयका प्राचार्य नरनाथ बरालले बताए । स्वर्ण महोत्सवको अवसरमा शहिद शुक्रराज शास्त्रीको स्मृतिमा निमार्ण भएको बिद्यालयले ५० बर्ष पुगेको अबसरमा उनको सालिक समेत निमार्ण गरिने भएको उनले जनाए ।

त्यसै गरी स्वागत द्धार तथा स्मारक निमार्ण, स्मारिका प्रकाशन लगायतका कार्यक्रम गरिने भएको छ । पछिल्लो क्रममा पुर्व उपप्रधानपञ्च हाल पार्दीविरौटा निवासि सिंहबहादुर गुरुङबाट एक लाख १ जहार, विरौटाकै गेम बहादुर गुरुङबाट एक लाख एक हजार, स्वर्गीय भानविर गुरुङको स्मृतिमा श्ररुीमती जसकुमारी गुरुङबाट १ लाख एक हजार, विरौटाकै डम्मरसिंह गुरुङबाट १ लाख ५ सय, पुर्व बिद्यार्थी पुम्दी सिम्लेका टेक बहादुर गुरुङबाट ५० हजार स्वर्ण महोत्सवको अवसरमा बिद्यालयलाई आर्थिक सहयोग प्राप्त भएको प्राचार्य बरालले बताए । त्यसै गरी बिद्यालयका पुर्व शिक्षक कालाभाङघडेरी घरभई हाल वेल्जियम रहेका पम्फा गुरुङबाट ४ लाख रुपैया प्राप्त भएको उनले बताए ।

स्वर्ण महोत्सव अन्र्तगत अन्तरबिद्यालय स्तरिय वक्तित्वकला प्रतियोगिता, सेभेन ए साईड छात्र फुटबल प्रतियोगिता, छात्र भलिबल प्रतियोगिता, निबन्ध प्रतियोगिता लगायतका प्रतियोगिता श्रोतकेन्द्र स्तरिय रहेको बिद्यालयले जनाएको छ । बिद्यालयमा हाल नर्सरी देखि १० कक्षासम्म अग्रेंजी माध्यमबाट अध्ययन हुने गरेको छ भने प्लस टुमा व्यबस्थापन र शिक्षा संकाय गरी करिब ४ सय जना बिद्यार्थीहरु रहेको बिद्यालय व्याबस्थापन समितिका अध्यक्ष एवं गण्डकी प्रदेशका सांसद राम्जी बराल जिवनले बताए ।

बिद्यालयमा स्वर्ण महोत्सवको बिषेश कार्यक्रम माघ १४ देखि १६ गतेसम्म हुने भएको छ । उनका अनुसार हालसम्म उक्त बिद्यालयबाट एक हजार ६ सय बढी बिद्यार्थीहरुले एस.एल.सी तथा एसइइ उत्तीर्ण गरी सकेकाछन। बिद्यालयमा हाल प्राविधिक शिक्षा अन्र्तगत पशुपालन सम्बन्धि अध्ययन समेत हुदै आएको छ । बिद्यालयमा हाल ३७ जना शिक्षक सहित कर्मचारी रहेका छन भने ३ सय ५७ जना बिद्यार्थीहरु रहेकाछन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button