भारतमा भएको फुल कन्ट्याक्ट कराँतेमा नेपाललाई २ स्वर्ण सहित ४ पदक

पोखरा न्यूज –२५, पुष ।

भारतमा हालै सम्पन्न भएको ओयामा च्यालेन्ज कप २०१९, ईन्टरनेश्नल फुल कन्ट्याक्ट कराँते च्याम्पियनशिपमा नेपालले २ स्वर्ण सहित ४ वटा पदक हात पार्न सफल भएको छ ।

जनवरी ४ देखि ६ तारिखसम्म भारतको मुर्ली वेष्ट बंगालमा भएको उक्त प्रतियोगितामा नेपालबाट सहभागि ७ जना खेलाडी मध्य दुई स्वर्ण, एक रजत र एक  कास्य पदक सहित ४ वटा पदक हात पार्न सफल भएको टिम प्रशिक्षक शिव गुरुङले बताए । उनका अनुसार खुल्ला तौल समुह तर्फ रुपक नेपाली र ५५ केजी तौल समुहमा रोमन सिन्जाली मगरले स्वर्ण पदक जितेका हुन।

त्यसै गरी ५५ केजी तौल समुहमा कमल हिताङले रजत र ६५ केजी तौल समुहमा भने शिव हिताङले कास्य पदक जितेका हुन। खेलाडीहरुको टोली पोखरा फर्किसकेको खेलाडी शंकर नेपालीले जनाए । टिम व्याबस्थापकमा भने राम गुरुङ रहेका थिए ।

टोलीलाई पोखराबाट क्षेत्रिय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की, नेपाल स्ट्रोङ गेष्ट क्यो कुशिन कराँते संघ कास्की, नेपाल क्यो कुशिन काई काता कराँते संघ कास्कीले संयुक्त रुपमा विदाई गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button