बागलुङमा आगलागीमा मृत्यु भएका बालबालिकाको परिवारलाई राहत वितरण

पोखरा न्यूज –२६, पुष ।

बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–४ तारामा मङ्गलबार भएको आगलागीमा परी मृत्यु भएका तीन बालबालिकाका परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत उपलब्ध गराएको छ ।

जिल्ला दैवी प्रकोप समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले मृतक बालबालिकाका अभिभावकलाई बुधबार जिल्ला प्रशासन कार्यालयका तर्फबाट जनही रु एक लाखका दरले रू तीनलाख र गोठधनीलाई रु आठ हजार राहत रकम प्रदान गरेका थिए । उनले समाजमा हुनसक्ने यस्ता खालका घटना न्यूनीकरण गर्न बालबालिकालाई पनि सचेत गराउनुपर्ने बताए ।

बालबालिका विद्यालयबाट छुटेर घर फर्कने क्रममा एक गोठको माथिल्लो तलामा गई आगो ताप्न लाग्दा आगलागी भइ स्थानीयवासी रुद्रबहादुर रोकाका छ वर्षीय रतिस रोका, डिलबहादुर घर्तीका छ वर्षया छोरी ऋतु घर्ती र चार वर्षीय छोरा आयुस घर्तीको मृत्यु भएको थियो ।

पत्रकार महासंघलाई एक लाख एक हजार

नेपाल पत्रकार महाससङ्घ बागलुङ शाखाको भवन निर्माणका लागि चलाइएको अभियानमा सहयोग रकम थप भएको छ ।

सुविधासम्पन्न सभाहलसहित दुईतले पक्की भवन निर्माणमा लागेको महासङ्घको अभियानमा इमेज बचत तथा ऋण सहकारी संस्थाले रु एक लाख एक हजार सहयोग प्रदान गरेको हो ।

बुधबार महासङ्घ भवनमा आयोजित कार्यक्रमा उक्त संस्थाका अध्यक्ष एवं ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले उक्त रकमको चेक महासङ्घका अध्यक्ष दिल शिरीषलाई हस्तान्तरण गरे। उनले यसअघि आफ्ना व्यक्तिगत तर्फबाट रु एक लाख ११ हजार १११ प्रदान गरिसकेका थिए ।

महासङ्घले यसअघि हामी सबैको रहर, पत्रकार महासङ्घ बागलुङको घर अभियान क्रममा रु ७० लाखभन्दा बढी रकम सङ्कलन गरेको थियो । भवन निर्माणका लागि अपुग रकम स्थानीय तहसहित सामाजिक सङ्घसंस्था र व्यक्तिबाट सङ्कलन गरिने महासङ्घका अध्यक्ष शिरीषले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button