पोखरामा बेरोजगारीको तथ्याङक खोज्दै सरकार

१८ देखि ५९ बर्ष उमेर समुहलाई सरकारले काम निर्धारण गर्ने

डिएनबी, पोखरा न्यूज –२६, पुष ।

सरकारले केहि बर्ष अघि युवा स्वरोजगार जस्ता कार्यक्रम ल्याए पनि प्रभावकारी हुन सकेन । त्यसो त उक्त कार्यक्रमले ठ्याक्कै देशमा कति रोजगार युवा वा बेरोजगार भन्ने जस्ता तथ्याङक समेत दिन नसक्दा पछि सरकारले कस्ता कार्यक्रम ल्याउदा राम्रो हुन्छ भन्ने अझै अन्यौलमा रहेको छ ।

यद्यपी अझै पनि दैनिक जसो एक हजार भन्दा बढी युवा शक्ति विदेशीदा राज्यले यहाँको जनशक्तिलाई परिचालन गर्न सकेको छैन। ढिलै भए पनि राज्यले ३ अर्बको बजेट विनियोजन गरी प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउदै युवा शक्तिलाई परिचालन तथा बेरोजगारीलाई भक्ताको व्याबस्था गर्ने चाजोपाँचो मिलाउदैछ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा बिहीबार देखि पोखरामा सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश र स्थानिय तहहरुसंगको अन्तर्कृया कार्यक्रम गोष्ठीमा बोल्दै मन्त्रालयका सहसचिव प्रकाश दाहालले देशमा रहेको बेरोजगार समस्याको पहिचान र समाधानको लागि मन्त्रालयले सबै तहमा रोजगार सेवा केन्द्र स्थापनासंगै ७ सय ५३ जना फोकल पर्सनको रुपमा रोजगार संयोजक छनौट तयारी गरेको बताए । उनले भने “ देशमा हामीसंग एकिन कति जना रोजगार र कति जना बेरोजागर छन भनेर त्यसको कुनै एकिन तथ्याङक छैन सवै हचुवाको भरमा भन्दै आएका छौं, तर यसको तथ्याङक हामीले राख्ने प्रयास गरेको छौं ।”

अनलाईनबाट आवेदन माग गरी कम्प्यूटर स्किल अनलाईन मार्फत उनीहरुको योग्यता र क्षमातको आधारमा एक बर्षको लागि छनौट गरिने भएको दाहाले बताए । फास्ट ट्रयाकमा डेढ महिना भित्र रोजगार संयोजक नियुक्ति गरी बेरोजगार समस्या पहिचान र तथ्याङक संकलन गर्ने काममा लागेको उनले जनाए । सरकारले कुनै आयोजना तथा कुनै निजी कम्पनीलाई आवश्यक पर्ने जनशक्ति दिन पनि यस्तो कार्यक्रम आवश्यक भएको बताउदै सहसचिव दाहालले सरकारले पछि खटाएको स्थानमा बेरोजगार युवा शक्ति परिचालन गर्ने योजना रहेको जनाए ।

उनले भने “ यदि कुनै निजी कम्पनीले योग्यता खुलायर माग गरेको खण्डमा हामीले त्यसको आधारमा दिन पनि सक्छौं अन्यथा माग अनुसार हामीले जनशक्ति खटाउने हो, खटाएको स्थानमा गएर काम गरे त्यही अनुसारको तलव, भत्ता, श्रम शक्ति परिचालनको हकमा पहिलो प्रथामिकता विदेशी भन्दा स्थानिय त्यस पछि नेपालीलाई दिने भएको उनले जनाए ।

सरकारले विभिन्न तालिम तथा बिशेष तालिम दिने जसबाट युवाहरुलाई स्वरोजगार र सहुलियतमा ऋण उपलब्ध गराउने भएको सहसचिव दाहालले जनाए । घर पाईक पर्ने गरी बेरोजगार भएका १८ देखि ५९ बर्ष मुनिका उमेर समुहलाई सरकारले काम गर्ने ठाँउको निर्धारण गर्ने भएको छ । बेरोजगारी तथा बेरोजगार घर परिवारको लागि सरकारले एक सय दिनको ग्यारेन्टी लिने भएको छ ।

यदि बेरोजगार भएकाहरुलाई सरकारले काम दिन नसके कम्तिमा एक सय दिनको ५० प्रतिशत श्रम गरे अनुसारको आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । निर्वाह भत्ता अन्र्तगत एक दिनको ५ सय १७ को दरले ५० दिनको २५ हजार ८ सय ५० रुपैया बेरोजगार भत्ता पाउने छन । एक सय दिन बराबर कुनै व्यक्ति तथा परिवारका एक सदस्यले पनि रोजगार नपाएको सामाजिक सेवा सुविधा लगायका नेपाल सरकारको फन्टबाट वा अन्य कुनै किसिमको फन्टबाट सुविधा नलिएको पुष्टि भएमा त्यस्ता व्यक्तिको लागि मात्र भक्ताको व्याबस्था गरिने भएको दाहालले जनाए ।

कुनै परिवारका सदस्यको आयश्रोत पनि नभएकोे र काम गर्न सक्ने अबस्था समेत नभएकाको लागि राज्यले हेर्ने भएको छ । सरकारले पहिलो पटक ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ३ अर्ब बजेट विनियोजना भएको उनले बताए । जुन रकमबाट बेरोजगार भत्ता, निर्वाह भत्ता, स्वोरोजगार र प्रशासनीक खर्च हुने भएको छ । १० करोड रुपैया प्रशाशनिक खर्च हुने भएको सहसचिव दाहालले बताए ।

गण्डकी प्रदेशका स्थानिय तहका जिम्मेवार पदमा रहेका व्यक्तिहरुको कार्यक्रममा सहभागी थिए । शुक्रबारसम्म पोखराको टिका रिसोर्टमा संचालन हुने उक्त गोष्ठीको औपचारिक उद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button