पोखराको सडक पेटीबाट एकै रातमा ३ महिला सहित ४० जनाको उद्धार

डिएनबी, पोखरा न्यूज –२६, पुष ।

सायद जो केहिलाई पुष महिनामा जाडो भएको महशुस हुन्छ । तर पोखराका सडक पेटिमा बस्दै आएका बालबालिकादेखि बृद्धबृद्धाहरुलाई मौसम अनुसारको एक सरो कपडा पनि लगाउन नपाएकाहरुलाई जाडो मौसममा दिन र रात काट्न कति कठिन भयो होला ।

मौसम अनुसारको एक सरो लगाउने कुरा एकतर्फ अर्को तर्फ उनीहरुले आफुले खोजेको र चाहेको समयमा न खान पाउछन नत कुनै सुरक्षाको ग्यारेन्टी नै हुन्छ । आफ्नै साथीहरुको कारणले गर्दा केहिको अंग भंग भएका छन् भने केहिले ज्यान समेत गुमाएका छन् । सडक पेटिमा अलपत्र अवस्थामा रहेकाले गर्दा शहर बजारमा हिडडुल गर्न पैदल यात्रुलाई समेत कठिन भएको  भएको छ । यस्तो जाडो मौसममा पोखराका सडक पेटिमा रहेका बालबालिका देखि बृद्ध-बृद्धाहरुको मंगलबार उद्धार गरी मानव सेवा आश्रममा व्यबस्थापन गरिएको छ ।

उद्धार गरिएका मध्य धार्दिङका एक बृद्धा जन प्रसाद ढकाल जाडोको चिसो मौसममा पनि पोखराको चिप्लेढुंगा स्थित नागको मुर्ति नजिक एक सटरको छेउमै आफ्नै बिछ्याउना लगायर मस्ता सुत्दै थिए । रातिको करिब १० बजेको हुदो हो उद्धारमा आएको टोलीले उनलाई आश्रममा जान पटक पटक अनुरोध र विनय गर्दा उनले आफु त्यही रमाउने बताउदै जान मानेनन । उनले भने “ मलाई प्रहरी प्रशासनले चिनेको छ, म यहाँ सुरक्षित छु, म यहाँ खुसि छु, मलाई जोर जबरजस्ती नगर्नु होला यसो गर्दा राम्रो हुदैन।” ३८ बर्ष देखि पोखरामा मजदुरी गरेका बृद्ध ढकालले आफ्नो साथमा नाम्लो समेत राखेका थिए ।

प्रहरी प्रशासन सहितको उद्धारमा आएको टोलीको आग्रहलाई करिब आधा घण्टासम्म आग्रह गरे पश्चात अन्ततः आफ्नै बिच्छ्याउनाका साथ आश्रममा लागेका थिए । उनी जस्ता पोखराका सडक पेटिमा अव्यबस्थित ढंगबाट बसेका ३ महिला सहित ४० जनाको उद्धार गरिएको मानव सेवा आश्रम पोखराका प्रमुख होमनाथ तिमिल्सिनाले बताए । विभिन्न कारणले घर छाडेर सडकमा आएका २ जना बालिका, एक बृद्धा सहित ४० जनाको मंगलबार राति उद्धार गरी पोखराको छोरेपाटनमा रहेको आश्रममा ब्याबस्थापन गरिएको उनले जनाए ।

सबैको प्रयासले गर्दा एकै रातमा ४० जना सडक पेटिमा रहेकाहरुको उद्धार भएको हो । पुषको जाडो मौसममा सडकमा रहेकाहरुको मानविय नाताले जिल्ला प्रशासन कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा र कास्कीका प्रहरी प्रमुख एस.पी.ओमबहादुर रानाको बिषेश उपस्थितीमा पोखराका विभिन्न सडक पेटिमा रहेकाहरुको सामुहिक रुपमा उद्धार गरिएको प्रमुख तिमिसिल्नाले बताए । पोखराको आश्रममा एक सय जना रहेको उनले बताए । केहि महिना अघि पोखरामा संचालन गरिएको उक्त आश्रमबाट हालसम्म करिब ३० जनालाइ पारीवारिक पुनर मिलन गरिएको प्रमुख तिमिल्निाले बताए ।

पोखराको आश्रममा ८० जनाको सिट क्षमता भए पनि हाल आफुहरुले मिलायर बसोवास गर्ने वातावरण मिलाएकोले गर्दा १ सय जनालाई व्यास्थापन गरेको उनले जनाए । मंगलबार उद्धार गरिएका मध्य अधिकाशं किशोर अबस्थाका बालकहरु डेनड्राईट सुग्नेहरु रहेको उद्धारमा खटिएका एक सहभागिले जनाए । उनीहरुको उद्धारमा सेवा अभियान्ता, सुरक्षाकर्मी, प्रहरी प्रशासन समेत खटिएको थियो । उत्त, आश्रममा २७ वटा रुम रहेका छन भने ६ जना सेवा अभियान्ता रहेकाछन। सहयोगी दाताको मुठ्ठी दानबाटै आश्रम संचालन हुदै आएको उनले जनाए ।

उद्धारको क्रममा केहिले आफुहरु सडकमै बस्न पाउनु पर्ने हडान राख्दै जान नमाने पछि प्रहरी प्रशासन सहितको सेवा अभियान्ताहरुले पटक पटक आग्रह र अनुरोध गरी आश्रममा पुराएका हुन। पोखरा महानगरपालिकासंगको समन्वयमा पुनः बाँकी रहेकाहरुको उद्धार गर्ने योजना रहेको उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button