तनहुँका मिर्गाैला पीडित गुरुङलाई आर्थिक सहयोग

पोखरा न्यूज –२६, पुष ।

दुवै मिर्गाैला खराब भई उपचारमा रहेका तनहुँ व्यास नगरपालिका–७ छापथोकका २७ वर्षीय सुमन गुरुङको परिवारलाई आज रु दुई लाख ५८ हजार ७२० हस्तान्तरण गरिएको छ ।

तनहुँ हङ्कङ समाजको सहयोगमा हङ्कङ निवासी दीपक गुरुङ, जसमाया गुरुङ र माया थापाको सक्रियतामा सङ्कलित उक्त रकम मिर्गौलापीडितकी आमा विना गुरुङलाई दमौलीमा आयोजित एक कार्यक्रमकाबीच समाजका पूर्वअध्यक्षद्वय भीमबहादुर गुरुङ र जङ्गबहादुर थापाले संयुक्तरुपमा हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा समाजका पूर्वअध्यक्ष भीमबहादुर गुरुङले शैक्षिक, धार्मिक, विपद्जस्ता सामाजिक क्षेत्रमा सहयोग गर्दै जाने योजनाअनुरुप सो सहयोग गरिएको बताए ।

गत कात्तिक महीनामा तनहुँ युके समाजले मिर्गौलापीडित गुरुङको उपचारका लागि रु चार लाख ३७ हजार ५०० आर्थिक सहयोग गरेको थियो । रोजगारीको सिलसिलामा साउदी गएका गुरुङको दुवै मिर्गौला खराब भएको थाहा पाएपछि स्वदेश फर्किएका थिए ।

आर्थिक अवस्था कमजोर रहेका गुरुङ परिवारलाई विभिन्न सङ्घसंस्थाले उपचारका लागि सहयोग गर्न थालेका छन् । छोराको उपचारका लागि हालसम्म रु तीन लाख खर्च भइसकेको आमा विनाले जानकारी दिए ।

तनहुँ बाराही साँझ हुने

बौद्धिक अपाङ्गता, शारीरिक अपाङ्गता, सुस्त मनस्थिति, सुस्त श्रवण बालबालिकाको सहयोगका लागि माघ २७ गते तनहुँ बाराही साँझ ५ आयोजना गर्न लागिएको छ ।

तनहुँका १० स्रोत केन्द्रमा अध्ययनरत ११० बालबालिकाको सहयोगार्थका लागि उक्त कार्यक्रमको आयोजना गर्न लागिएको तनहुँ हङ्कङ समाजका कार्यक्रम संयोजक प्रदीप काफ्लेले जानकारी दिए ।

कार्यक्रमबाट सङ्कलित भएको केही रकम अक्षयकोषमा थप गर्ने र केही रकम अपाङ्गताकै लागि वितरण गर्ने उद्देश्य रहेको छ ।

अपाङ्गता भएका बालबालिकाको सहयोगार्थ यसअघि नै स्थापित १० लाखको अक्षयकोषबाट आएको ब्याजले उनीहरुको लत्ताकपडा, खाद्यान्न, शैक्षिक सामग्री वर्षेनी प्रदान गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button