तनहुँको बन्दीपुरमा वृद्ध मृतावस्थामा फेला

पोखरा न्यूज –२७, पुष ।

तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा बिहीबार राति एक वृद्ध मृतावस्थामा फेला परेका छन् । हरियाली कृषक समूह भवनको पेटीमा अन्दाजी ६०-६५ वर्षीय टेकबहादुर विक मृतावस्थामा फेला परेका हुन् ।

धादिङ घर बताउने विक विगत पाँच-छ दिनदेखि डुम्रे बजार आसपास मागी खाई हिँड्ने गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फरार प्रतिवादी पक्राउ

तनहुँ अदालतबाट कैद तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । घरमा आगो लगाएको मुद्दामा तनहुँ शुक्लागण्डकी नगरपालिका–९ का ५० वर्षीय आइत भन्ने ठगबहादुर कमर जोगी पाँच वर्षपछि पक्राउ परी बिहीबार कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए ।

सो अभियोगमा जिल्ला अदालतले जोगीलाई पाँच वर्ष कैद फैसला गरेको थियो । विसं २०७० मा सोही वडाका इन्द्रप्रसाद वाग्लेको घरमा आगो लगाएको अभियोगमा जोगी फरार रहेका थिए । तनहुँ प्रहरीले पछिल्लो समयमा अदालतबाट कैद तोकिएका फरार प्रतिवादीलाई पक्राउ गर्ने विशेष अभियान नै सञ्चालन गरिरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button