गोरखामा नेपालको सबैभन्दा ठूलो राष्ट्रिय झण्डा फहराइयो

पोखरा न्यूज –२७, पुष ।

गोरखाको ऐतिहासिक लिगलिगकोट दरबार परिसरमा नेपालको सबैभन्दा ठूलो राष्ट्रिय झण्डा फहराइएको छ ।

पालुङटार नगरपालिका–२ स्थित लिगलिगकोटमा पालुङटार नगरपालिकाले आज ४० फिट अग्लो राष्ट्रिय झण्डा राखेको हो । राष्ट्रिय एकता दिवसको अवसर पारेर नगरपालिकाले लिगलिगकोटको पर्यटन प्रवद्र्धनका लागि पहिलो चरणको कामको शुरुआत गरेको नगर प्रमुख दीपकबाबु कँडेलले बताए ।

उनले लिगलगिकोटमा राखिएको झण्डाले यहाँ पुग्ने सबै नेपालीमा राष्ट्रियताको भावना थप जागृत गराउने जानकारी गराए । उनले लिगलिगकोटमा घुम्न आउने पर्यटकलाई घरवासको व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । नगरपालिकाले चालू आर्थिक वर्षमा पर्यटन प्रवद्र्धन तथा घरवास विकासका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ । उक्त क्षेत्रको विकासका लागि गण्डकी प्रदेश सरकारले रु एक करोड रकम विनियोजन गरेर प्रदेशस्तरीय सङ्ग्रहालय निर्माणको काम अघि बढाइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button