यो मौसम दुई प्रेमी – हेर्नुहोस् महेश र सम्पदाको रोमान्स (भिडियो)

पोखरा न्यूज – २७, पुष ।

युट्युब मार्फत सार्वजनिक भएको  ‘यो मौसम दुई प्रेमी’ बोलको गीतको म्युजिक भिडियो दर्शकले रुचाएको पाइएको  छ।

ओएसआर डिजिटल मार्फत यसै हप्ता सार्वजनिक भएको भिडियोले  दर्शकको राम्रै  साथ पाएको छ  ।

गायक तारा तिवारी र  गायिका निकिता थापाको आवाजमा रहेको गीतमा कुमार मिश्रको शब्द, कर्मा ग्याल्छेन बोम्जनको संगीत र साहस शाक्यको एरेन्ज रहेको छ ।

गीतको म्युजिक भिडियोमा मोडल महेश खड्का र सम्पदा बानियाँले बेजोड अभिनय गरेका छन् ।

विक्रम दाहालले निर्देशन गरेको गीतको भिडियोको छायांकन मुकेश हुमागाईं र सम्पादन अमृत चापागाईंले गरेका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button