कास्कीमा लागुपदार्थ न्यूनीकरण अभियान

पोखरा न्यूज –२८, पुष ।

युवा पुस्तामा लागुपदार्थ दुव्र्यसनी बढ्दै गएको वर्तमान अवस्थामा कास्कीको रुपा गाउँपालिकाले यसको न्यूनीकरणका लागि प्रयास थालेको छ । विशेषगरी किशोरावस्थाका युवामा लागुपदार्थको प्रयोग बढ्दै गएको वास्तविकतालाई दृष्टिगत गरी गाउँपालिकाभित्र कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो ।

दुव्र्यसनीले समाजलाई प्रभावित नगरोस् भन्ने उद्देश्यका साथ गाउँपालिकाका कूल १० वटा सामुदायिक विद्यालयका ३५२ जना विद्यार्थीमा दुव्र्यसनी परीक्षण गरिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । “प्रारम्भिक रुपमा गरिएको पिसाब परीक्षणमा २४ जना विद्यार्थी दुव्र्यसनमा लागेको पाइयो,” उनले भने ।

गाउँपालिकाले पाँच दिनको समायावधिमा १० जना प्राविधिक टोली खटाएर गरेको परीक्षणको प्रतिवेदन देउरालीस्थित विश्व शान्ति माविमा आयोजित एक समारोहका बीच सार्वजनिक गरिएको हो । दुव्र्यसनीसँगै त्यसले व्यक्तिगतका साथै सामाजिक रुपमा नकारात्मक प्रभाव पार्ने भएकाले स्कुले अवस्थादेखि नै न्यूनीकरणको प्रयास थालिएको अध्यक्ष ओझाले बताए ।

गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख आनन्दलाल जोशीका अनुसार परीक्षणबाट दुव्र्यसनी देखिनेमा सबै छात्र भएको पाइएको छ । उनीहरुमध्ये अधिकांशले गाँजाका साथै नशालु चक्की (ट्याप्लेट) प्रयोग गरेको पाइएको जोशीले जानकारी दिए ।

दुव्र्यसनीको सामान्य प्रविधिबाट परीक्षण गर्न सकिने बताउँदै जोशीले ‘र्‍यापिट टेष्ट’ नामक उपकरणमार्पत पिसाबबाट दुव्र्यसनीमा लागे नलागेको पत्ता लगाउन सकिने बताए । गाउँपालिकाले उक्त उपकरण बेलायतबाट मगाएको हो । यो प्रविधि प्रत्येक घर घरमा समेत प्रयोग गर्न सकिने देखिएको छ ।

पछिल्ला वर्षमा विद्यालय अवस्थामै दुव्र्यसनीमा युवा फस्ने गरेका कारण गाउँपालिकाले यसलाई शून्यमा झार्ने लक्ष्यका साथ अभियान थाल्नुलाई सकारात्मक रुपमा लिइएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले सभ्य र सु–संस्कृत समाज निर्माणका लागि दुव्र्यसनीलाई जरैदेखि निर्मूल गर्नुपर्नेमा जोड दिए ।

गाउँपालिकाकाले गरेको प्रयास सराहनीय भएको बताउँदै उहाँले यस अभियानलाई अन्य स्थानीय तहले पनि अनुकरण गर्नुपर्ने उल्लेख गरे । कास्की प्रहरी प्रमुख ओमबहादुर रानाले जिल्लास्थित कारागारमा रहेका कूल ७५० जना थुनुवा र कैदीमध्ये दुव्र्यसनीमा लागेका र लागुऔषध कारोवारमा संलग्नको सङ्ख्या सबै भन्दा बढी रहेको जानकारी दिए।

रुपा गाउँपालिका–६ मा रहेको चन्द्रप्रभा माविमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यलाई सुरक्षाका बारेमा प्रशिक्षण दिँदेै उहाँले प्रत्येक व्यक्ति, घर हुँदै समाजवाटै दुव्र्यसनी नियन्त्रण प्रयासको आवश्यकता औंल्याए ।

उहाँले यसका लागि प्रहरी प्रशासन सघैँ सहयोगी बन्ने बताउँदै समाजमा देखिने दुव्र्यसनी लागुऔषध कारोवारको समयमा नै सूचना दिन आग्रह गरे । गाउँपालिका, आमा समूह, विभिन्न युवा क्लब र प्रहरीको सक्रियतामा प्रत्येक वर्ष गाँजा फँडानीलाई समेत निरन्तरता दिँदै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button