टुँडिखेल मैदान स्तरोन्नतिका लागि बगर भाई खलकले १ लाख ५१ हजार सहयोग गर्ने 

पोखरा न्यूज- ३०, पुष ।

युवा तथा खेलकुद मन्त्रालयले पोखरा महानगरपालिका वडा नं १ स्थित टुँडिखेल मैदानको स्त्तरोन्नतीका लागि राष्ट्रिय खेलकुद परिषद मार्फत १५ लाख प्रदान गर्ने भए पछि स्थानिय संघ संस्था समेत टुडीखेल खेलको शाख जोगाउन अगाडी आएका आएका छन् ।

कुनै बेलाको चर्चित खेल मैदान लामो समय देखि अलपत्र परेको र मैदानको खाली ठाउँलाई विभिन्न सरकारी निकाय, क्लब, संघ संस्थाले ओगट्न थाले पछि मैदानको अस्तित्व जोगाउन स्थानिय संघ संस्था लागि परेका हुन । पोखरा बगर स्थित प्रतिष्ठित संस्था बगर भाइखलकले मैदानको अस्तित्व रक्षा गर्न र स्त्तरोन्नतीका लागि १ लाख ५१ हजार प्रदान गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले बताए । “हामीले लामो समय देखि यो मैदानको संरक्षणका लागि आवाज उठायौं बल्ल आएर केही होला जस्तो छ” उनले भने–“त्यही भएर पनि हामीले संस्थाको सामाजिक उत्तरदायित्व बहन गर्ने निती अनुसार १ लाख ५१ हजार दिने निर्णय गरेका हौं ।”

पोखरा बगर स्थित राष्ट्रिय माविले केही हद सम्म संरक्षणको प्रयास गरे पनि सफल भने हुन सकेको थिएन । बगर भाइ खलकले मैदानको स्तरोन्नती र संरक्षणका लागि सबै संघ संस्था र क्लबहरुलाई आह्वान पनि गरेको छ । अध्यक्ष गुरुङले मैदान स्त्तरोन्नतीका लागि सुरु भएको अभियानमा जुन सबैलाई आग्रह गर्दै भनेका छन –“टुडीखेल मैदान पोखराको परिचय पनि हो यसको सहयोगका लागि जुन म अनुरोध गर्छु ।”

यसैबीच बगर भाइखलकले यहि माघ ८ गते बाट “स्वास्थ्यका लागि एक घन्टा व्यायाम,नागरिकहरुका लागि नौलो आयाम” भन्ने उद्घोषका साथ आयोजना गर्ने आठौ संस्करणको “स्व. रन्जीत गुरुङ स्मृती बगर भाई खलक एट–ए–साईड अन्तर्रा्ष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता” मा यस पटक अखिल नेपाल फुटबल संघ ( एन्फा)का उपाध्यक्ष एवम पुर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक कृष्ण थापालाई सम्मान गर्ने भएको छ । माघ ८ गते हुने उद्घाटन समारोहमा उपाध्यक्ष थापालाई सम्मान गरिने छ ।

२ विदेशी टिम सहित २५ टिमको सहभागिता रहने उक्त प्रतियोगिताको अन्तिम तयारीका लागि जुटी रहेको बगर भाई खलकले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button