पोखरा ओपन टेनिसको उपाधी धरमलाई

पोखरा न्यूज- ०१, माघ ।

दोश्रो ल्होछार कप पोखरा ओपन टेनिस प्रतियोगिताको उपाधी धरमबहादुर लामिछानेले जितेका छन् । मंगलबार भएको फाइनल खेलमा विकास गुरुङ्ग ‘रिटायर्ड हर्ट’ हुँदै खेल छोडेपछि लामिछाने विजयी भएका हुन् । खुट्टामा आएको समस्याका कारण खेल छोड्दा विकासले खेलमा अग्रता कायम गरेका थिए ।

लेकसाइडको गुरुङ्ग भिलेज टेनिस कोर्टमा पहिलो सेट ६–३ ले आफ्नों कब्जा गरेका विकासले दोश्रो सेटमा पनि ३–२ ले अगाडी थिए । आफ्नैं सर्भिरमा ४०–३० को अवस्थामा विकास घाइते भए । त्यसपछिको खेललाई निरन्तरता दिन नसक्ने भन्दै लामिछानेसंग हात मिलाएर कोर्टबाट बाहिरिएका थिए । लामा ब्रदर्श, लेकसाइडले तामाङ्गहरुको सोनाम ल्होछार पर्वको अवसरमा आयोजना गरेको प्रतियोगितामा नविन चालिसे उत्कृष्ट खेलाडी घोषित भए । त्यसैगरि प्रतियोगितामा सहभागि जर्मनीका खेलाडी थोमसलाई पनि आयोजक समितिले विशेष पुरस्कारले पुरस्कृत गरेको थियो ।

विजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामा, संघका निवर्तमान अध्यक्ष विनोद कायस्थ, सल्लाहकार समिर शेरचन लगायतले नगद तथा ट्रफि पुरस्कार वितरण गरे ।पुरस्कार वितरण समारोहमा बोल्दै अध्यक्ष लामाले पोखरामा हुने स्थानिय स्तरका प्रतियोगिताहरुले पोखरेलीहरुलाई टेनिस खेलप्रति मोह जगाउन तथा खेलाडीविच भातृत्व सम्बन्ध प्रगाढ पार्न महत्वपूर्ण हुने औल्याए । साथै प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्दै व्यक्तिगततर्फबाट झण्डै २२ हजार रुपैयाँ बराबरको सहयोग समेत गरे ।

अध्यक्ष लामाले कास्की जिल्ला टेनिस संघले आगामी फेब्रुवरी २ तारिखदेखि पोखरामा शुरु गर्न लागेको १८ वर्ष मुनिको आइटीएफ टेनिस संघको महत्वपूर्ण कार्यक्रम भएको बताउँदै यसलाई सफल पार्न सम्पूर्ण टेनिस प्रेमीहरुमा आग्रह समेत गरे ।  सोही समारोहमा ओम फ्यामिलिले टेनिस खेलाडी समेत रहेका लभ इन पोखराका निर्माता शम्भु गुरुङ्गलाई सम्मान गरेको थियो ।

ओम फ्यामिलिका संस्थापक सुनिल श्रेष्ठ र प्रबन्ध निर्देशक माया गुरुङ्गले उनलाई पोखरामा छायाँङ्कन गरिएको चलचित्र विभिन्न राष्ट्रमा प्रदर्शन गर्दै पोखरालाई अन्र्तराष्ट्रिय जगतमा चिनाउन योगदान पुर्याएको भन्दै सम्मान गरेको हो । आयोजक लामा ब्रदर्शका सदस्य लक्ष्मण लामाको अध्यक्षतामा भएको कार्यक्रम अर्का सदस्य केवी लामाले सञ्चालन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button