पर्वतको मालढुंगामा बस दुर्घटना हुँदा ३ को मृत्यु, ३० जना घाइते

पोखरा न्यूज -०३, माघ ।

म्याग्दीको सदरमुकाम बेनीबाट नारयाणघाट जाँदै गरेको यात्रुवाहक बस बागलुङ र पर्वतको सिमानामा पर्ने मालढुङ्गामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

बेनीबाट आज बिहिबार बिहान ८ बजे छुटेको ग१ख ६१०८ नंको यात्रुवाहक बस मालढुङ्गाको सुकुम्वासी टोलमा दुर्घटना भएको हो ।  बस  करिब सडकबाट ७० मिटर तल खसेको छ ।

“दुर्घटनामा धेरै घाइते भएका र तिनको विस्तृत विवरण प्राप्त भइनसकेकोे तर तीनको मृत्यु भएको जानकारीमा आयो”, घटनास्थल पुगेका म्याग्दी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकृत लोकबहादुर गुरुङले बताए । घाइतेहरुको उद्दारकार्य जारी रहेको छ र उद्दार गरिएका घाइतेहरुलाई उपचारका लागि बागलुङ र कुश्माका अस्पतालमा पुर्याइएको जनाइएको छ । मृत्यु हुनेहरूको सनाखत हुन सकेको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button