पोखरामा हाइस माइक्रो र बस ठक्कर खाँदा ८ जना घाइते

पोखरा न्यूज – ०४, माघ ।

पोखरा -१० औद्योगिक क्षेत्रमा शुक्रवार हाइस माइक्रो र बस एक आपसमा ठक्कर खाँदा ८ जना घाइते भएका छन् ।

पोखराबाट दमौलीतर्फ जाँदै गरेको बा ४ ख ८४१६ नम्बरको हाइस माइक्रो र काठमाण्डौबाट पोखरा आउँदै गरेको ग १ ख ८५२१ नम्बरको बस  ठक्कर खाँदा माइक्रो चालक र सहचालक सहित ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उपचारको लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल, मणिपाल हस्पिटल र फेवासिटी हस्पिटलमा पठाइएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।

प्रहरीले चालकलाई नियन्त्रणमा लिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button