तनहुँमा पुलबाट खसेर १ जनाको मृत्यु

पोखरा न्यूज – ०४, माघ ।

तनहुँमा शुक्रबार पुलबाट खसेर १ जनाको मृत्यु भएको छ ।

व्यास नगरपालिका -५ स्थित मादिपुलबाट खसेर व्यास नगरपालिका -११ का ४३ वर्षिय कृष्ण बहादुर घर्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोलाको बगरमा खसेका घर्तिलाई उपचारको लागि जिल्ला अस्पताल दमौलि पठाइएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको ४ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।

प्रहरीले घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button