पोखरामा फागुन २३ देखि ग्रामिण पर्यटन महोत्सव हुने

डिएनबी, पोखरा न्यूज – १८, माघ ।

ग्रामिण पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले आउदो फागुन २३ गते देखि पोखरामा ग्रामिण पर्यटन महोत्सव हुने भएको छ ।

गाँउ पर्यटन प्रवर्द्धन मञ्च नेपाल, पोखरा गण्डकी प्रदेशको आयोजनामा नेपाल पर्यटन बोर्ड गण्डकीको सहकार्यमा फागुन २५ गतेसम्म उक्त महोत्सव पोखरामा हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका विभिन्न कला, संस्कृति झल्कने भेषभुषा सहितको होमस्टेहरु समेत प्रर्दशन गरिने भएको मञ्च गण्डकीका अध्यक्ष रविन्द्रराज पौडेलले बताए ।

उक्त महोत्सवमा करिब ५० वटा होमस्टे सहभागि गराउने भएको अध्यक्ष पौडेलले बताए । महोत्सवमा उत्कृष्ट होमस्टे, उत्कृष्ट कल्चर र उत्कृष्ट खानाका विजेतालाई जनहि २५ हजार, उपविजेतालाई १५ हजार र तेश्रो हुनेलाई १० हजार पुरस्कार प्रदान गरिने भएको निवर्तमान अध्यक्ष तारानाथ पहारीले बताए ।

महोत्सव सफल पार्न नेपाल पर्यटन बोर्ड गण्डकी कार्यालयले १५ लाख रुपैया आर्थिक सहयोग गर्ने भएको बोर्डका प्रमुख मणिराज लामिछानेले बताए । बोर्डका निर्देशक सुर्य थपलियाले ग्रामिण पर्यटन प्रवर्द्धनमा होमस्टेले धेरै सहयोग पुराएको बताए । उनले देशकै सबै भन्दा बढी ग्रामिण पर्यटन गण्डकी प्रदेशमा रहेको दाबी गरे ।

उक्त महोत्सव सम्पन्न गर्न करिब ५० लाख खर्च लाग्ने भएको भिटोभले जनाएको छ । रुद्रमान गुरुङको स्मृतिमा स्वं रुद्रमान गुरुङ गाँउ पर्यटन पत्रकारिता पुरस्कार यस बर्ष पनि दुई जना पत्रकारलाई जनहि ११ हजार १ सय ११ रुपैया सहित सम्मान गरिने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button