गण्डकी प्रदेशमा स्वरोजगार गण्डकी कार्यक्रम सुरु

तालिम लिनेले व्यापार सुरु नगरे पैसा फिर्ता गर्नुपर्छ : मन्त्री पुन

पोखरा न्यूज- १८, माघ ।

गण्डकी प्रदेशमा स्वरोजगार सिर्जना तालिम शुरु भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा शुरु भएको स्वरोजगार गण्डकी नामक कार्यक्रमको गण्डकी प्रदेशको सामाजिक विकासमन्त्री नरदेवि पुनले उदघाटन गरेकी हुन् ।

संघीय सरकारले रोजगार कार्यक्रम घोषणा गरेसंगै गण्डकी प्रदेशले पनि आफ्ना प्रदेशमा रहेका हरेक नागरीकलाई तालिम दिई सो अनुसारको ब्यबशायमा संलग्न गराउने उद्धेश्यले स्वरोजगार गण्डकी कार्यक्रम सुरु गरेको हो ।

तालिम लिएर सोही अनुसारको काममा नलाग्नेहरुको लागि भने स्वरोजगार गण्डकी कार्यक्रम नभएको कार्यक्रम घोषणा तथा तालिम उदघाटन कार्यक्रममा मन्त्री नरदेवि पुनले जानकारी गराइन । तर तालिम लिएपछि व्यवसायको लागि पैसा भएन भने मन्त्रालयले त्यसको ब्यबस्था गरिदिने पनि उनले सो अबसरमा जानकारी दिइन् । तर तालिम र भत्ताको लागि मात्र तालिममा बस्ने रहर नगर्न उनले स्पष्टा पारीन् ।

यदि व्यवसायमा लाग्नु भएन भने तालिममा लागेको खर्च समेत फिर्ता गर्नुपर्ने उनले जानकारी पनि दिइन् । तालिम लिने अनी घर गएर बस्ने होईन, तालिम पनि ज को बारेमा जानकारी लिइएको छ सो बारे उद्यम गर्न मन्त्री पुन आग्रह गरीन् । तालिमको मात्र हिसाब गर्ने हो भने देशका सबै नागरीक भन्दा धेरै तालिम भैसकेका छन, तर मानिसहरु उद्यममा लागेका छैनन , उनको भनाई थियो । अब तालिम संगै मन्त्रालयले आर्थिक लगानीमा पनि सहयोग गर्ने भएकाले उद्यममा नलाग्नेलाई तालिमको खर्च समेत फिर्ता गराउन लागिएको उनले स्पष्ट पारीन् ।

कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका स्वरोजगार कार्यक्रमका संयोजक तथा उप सचिव नारायण आचार्यले बिभिन्न ५५ प्रकारका तालिमको खाका तयार पारिएको जानकारी दिए ।  तालिम लिनका लागि र व्यवसायमा संलग्न हुनका लागि उनले सबै प्रदेशवासीलाई पनि अनुराध गरे । घोषणा कार्यक्रममा ब्यबशायिक ‘एभोकाडो व्यवसायिक खेती तथा नर्सरी व्यवस्थापन तालिम’ को सुरुवात पनि गरिएको छ । तालिममा प्रदेशका मनाङ, मुस्ताङ र नवलपुर जिल्ला बाहेक कास्की,म्याग्दी, बाग्लुङ, पर्वत, स्याङजा, लमजुङ, गोरखा र तनहुँका गरी ३५ जना सहभागि छन् ।

युवाहरुलाई वैदेशिक रोजगारमा जानबाट निरुत्साहित गर्न र समृद्ध नेपाल सुखी नेपाली बन्ने परिकल्पनालाई साकार बनाउन स्वरोजगार सिर्जना तालिम कोशेढुङ्गा सावित हुने सामाजिक बिकासमन्त्रालयको भनाई छ । मन्त्रालयले आगामी ५ वर्ष्भित्र गण्डकी प्रदेशमा धेरै नागरिकलाई व्यवसायिक बनाउन सकिने लक्ष लिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button