गोरखाको बुङकोटमा एक करोड २५ लाख लागतमा प्रहरी चौकी निर्माण

पोखरा न्यूज – १९, माघ ।

गोरखाको शहीद लखन गाउँपालिका–७ बुङकोटमा रु एक करोड २५ लाखको लागतमा प्रहरी चौकी निर्माण गरिएको छ । राष्ट्रिय पुनःनिर्माण कोषको सहयोगमा उक्त चौकी निर्माण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

कूल छ कोठाको सुविधासम्पन्न भवनमा महिला र पुरुष बन्दीका लागि अगल–अलग व्यवस्थाका साथै कार्यालय प्रमुखको निवास, हिरासत, महिला तथा पुरुष व्यारेक, भान्छा कोठा प्रशासन र सञ्चारकक्षलगायतको व्यवस्था गरिएको प्रहरी नायब उपरीक्षक नेपालले बताए ।

सशस्त्र द्वन्द्वका क्रममा उक्त चौकीमा क्षति पुगेको थियो। नवनर्मित भवन शुक्रबार गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दानबहादुर बोहोराले उद्घाटन गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button