संकटालाई पराजित गर्दै पुलिस क्वाटरफाइनलमा

डिएनबी,  पोखरा न्यूज – १९, माघ ।

विभागिय टोली नेपाल पुलिस क्लबले प्रतिद्धन्दी संकटा क्लबलाई २–१ ले पराजित गर्दै पोखरा रंगशालामा जारी मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

पुलिसको जीतमा अभिशेक रिजाल र म्यान अफ दी म्याच घोषित रवि पास्वानले एक-एक गोलको योगदान दिए ।
संकटाविरुद्धको खेलमा सुरुवातमै गोल खाएर दबाबमा परेको पुलिसले ३१ औं मिनेटमा ट्रनिङ प्वाईट ल्यायो । निर कुमार राईले दिएको वललाई अभिशेक रिजालले पोष्टमा दिशा दिदा खेल बराबरीमा पुराएका हुन् । खेलको ५४ औं मिनेटमा रवि पास्वानले विपक्षि गोलरक्षक विट भएको अबस्थामा करिब सिक्स यार्ड नजिकबाट बललाई पोष्टमा दिशा दिएका हुन्। पुलिसका तिर्थ राना मगर, रवि पास्वानका केही अवसर सदुपयोग हुन नसक्दा गोल अन्तर फराकिलो पार्न चुक्यो ।

लिगको दोश्रो स्थानमा रहेको संकटाले खेलको ११ औं मिनेटमा १–० को अग्रता कायम गरेको भएपनि बाँकी समय सम्हालिन नसक्दा अन्ततः नकाउट चरणको खेलमा पुलिस बादक बन्दै आएको छ । रोसन पहारीको पासमा डिवक्स नजिक रहेका म्याक्सवेल ईलनले गोल गरेका हुन् । पाएका केहि अवसरलाई सदुपयोग गर्न नसक्दा संकटा यस सिजनमा लगातार दुई प्रतियोगितामा पराजित हुन पुग्यो । यस अघि खप्तड गोल्ड कपमा पनि पुलिससंग संकटा पराजित भएको थियो । लिगमा भने संकटाले पुलिसलाई पराजित गरेको थियो । संकटाका अव्वा, लक्ष्मण रुचाल, ईलनका केही प्रहार खेर गएका थिए ।

संकटाका प्रशिक्षक सल्यान खड्कीले दोश्रो गोल पछि आफ्नो टिमको डिफेन्स लाईन कमजोरी हुदा पराजित हुनु परेको बताए । खेलमा पहिलो गोल गरे पनि डिफेन्स खेलाडीको कारण आफुहरु पुसिलसंग पराजित हुनु परेको उनको भनाई छ। नेपाल पुलिसका प्रशिक्षक अनन्तराज थापाले लिग पछि पनि लगातार विभिन्न प्रतियोगितामा सहभागि भएको हुदा आफुहरुले सोचे जस्तो उत्कृष्ट खेल भने प्रर्दशन गर्न नसकेको बताए । अर्को खेलमा धेरै सुधार गरी उत्कृष्ट खेल प्रर्दशन गर्ने उनले जनाए ।

भोलि (आईतबार) देखि क्वाटरफाईनलका खेलहरु हुने भएको छ । आईतबार थ्रि–स्टार बिरुद्ध सशस्त्र प्रहरी वलको एपिएफ क्लव बिच खेल हुने भएको एन्फा कास्कीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button