पर्वतको जलजलामा एनआइसी एशिया बैंकको शाखा

पोखरा न्यूज – २१, माघ ।

निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक एनआइसी एशिया बैंकले पर्वतको जलजला गाउँपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । जलजला गाउँपालिका वडा नं.३, वारीवेनी शाखाको सोमबार एक कार्यक्रमका बीच जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्लले उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मल्लले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउन सफल हुनु एनआइसी एसिया बैंकको सकारात्मक पक्ष भएको धारणा राखे । एक वर्ष अगाडिबाट कारोबार सुरु भएको उक्त शाखाको सोमबार ‘ग्राण्ड ओपनिङ’ गरिएको एनआइसी एसिया बैंक गण्डकी प्रदेशका क्षेत्रीय प्रबंधक दीपेन्द्र शर्माले जानकारी दिए ।

कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, उद्योग वाणिज्य संघ जलजला उपशाखाका निमित्त उपप्रमुख चित्रराज रेग्मी, समाज कल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक ओमबहादुर जिसी, एनआइसी एसिया बैंक वारीवेनी शाखा प्रमुख गणेश पौडेल, जलजला गाउँपालिका वडा नं. ३ का कार्यबहाक अध्यक्ष शशी शर्मा लगायतले बोलेका थिए ।

बैंकको शाखा सञ्जाल देशभर २ सय ७५ पुगेको छ । ‘बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले बैंकले धेरै सफलता पाएका छ,’ क्षेत्रीय प्रवन्धक शर्माले भने । बैंकले २ सय ८९ वटा एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ इकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकको वासलातको आकार रू. २१८ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७५ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको नायब प्रमुख सूचना अधिकृत अर्जुन राज खनियाले बताए ।

हालसम्म बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार पुगेको छ । ‘संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button