सोनाम ल्होसारले सद्‌भाव र भातृत्व कायम गर्ने विश्वास

पोखरा न्यूज – २१, माघ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मङ्गलबार मनाइने सोनाम ल्होसारले विविध धर्म र संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।

तामाङ समुदायको नयाँ वर्ष २८५५ औंँ सोनाम ल्होसारका उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै पर्वले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button