बुधबारसम्म माग पुरा नभए हड्तालमा उत्रिने रेष्टुरेण्ट मजदुरको चेतावनी

१० प्रतिशत सेवा शुल्क लागु गर्न नसक्ने अबस्थामा छौं : अध्यक्ष भुजेल

डिएनबी, पोखरा न्यूज -२१, माघ ।

यही माघ २३ गते (बुधबार) सम्म १० प्रतिशत सेवा शुल्क लागु नभए आफुहरु हड्तालमा उत्रिने रेष्टुरेण्ट मजदुरहरुले चेतावनी दिएका छन्। मंगलबार सम्मको समय सिमा दिएका मजदुरहरुले एक दिन समय थप गरी बुधबारसम्म रेष्टुरेण्ट व्यवसायीहरुले आफुहरुको माग पुरा नगरे बुधबार देखि हड्तालमा उत्रिने चेतानवी दिएका हुन्।

वार्ता र छलफलबाट सहमतिमा जानको लागि एक दिनको समय सिमा दिएर बुधबारसम्मको लागि आफुहरुले सहमति लागु गर्न लचकता अपनाएको अन्यथा मजदुरहरुले हड्ताल गर्ने भएको अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर संघ गण्डकी प्रदेशका अध्यक्ष राजेन्द्र तिमिल्सिनाले पोखरा न्यूजलाई बताए । रेष्टुरेन्ट एण्ड बार एसोसिएन (रेवान) पोखरा, सौराह र काठमाण्डौंले केही दिन अघि होटल तथा रेष्टुराहरुमा सेवा लिए वापत ग्राहकले तिर्दै आएको १० प्रतिशत सेवा शुल्क तिर्नु नपर्ने निर्णय गरेका थिए । आईतबार देखि सुरु भएको रेष्टुरेण्ट मजदुरको आन्दोलन धर्ना कोर्ण सभा हुदै हड्तालमा उर्तिनेसम्मको पहिलो चरणको आन्दोलन तय भएको अध्यक्ष तिमिल्सिनाले बताए । उनले भने “ हामीले खादै आएको सेवा सुविधालाई अहिले आएर रेष्टुरेण्ट व्यवसायीहरुले लागु गर्न नसक्ने भन्नु सरकारले पछिल्लो समयमा ल्याएको मजदुरको सेवा सुविधा (सामाजिक सुरक्षा, स्वास्थ्य बिमा लगायतका) मा बार्गेनीङ गर्न त्यस्तो रणनितिक योजना अघि सारेका हुन् । श्रम ऐन र नेपाल सरकारको कानुनमा समेत उल्लेख भएको खाईपाइ आएको सेवा सुविधा हटाउन पाईने छैन भन्ने बिषयमा रेष्टुरेण्ट व्यवसायीले आफ्नो अधिकार खोस्ने काम गरेको उनले आरोप लगाए ।

अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरा मजदुर युनियन र नेपाल पर्यटन तथा होटल संम्बद्ध श्रमिक संघ ले रेवानले एकतर्फी गैरकानुनी रुपले सेवा शुल्क खारेज सम्बन्धी भ्रमपूर्ण विज्ञप्ती प्रकाशन गरेकोप्रति आपत्ति जनाउदै आफुहरु आन्दोलित भएको अध्यक्ष दाहालले जनाए । रेवान पोखराका अध्यक्ष भिमसेन भुजेलले हाल आफुहरुले सेवा शुल्क वापतको मजदुरहरुलाई १० प्रतिशत दिन नसक्ने अबस्थामा रहेको बताए । उनले भने “ हामी कानुन बाहिर जान सक्दैनौं, मजदुरहरुले खाइपाई आएको सेवा सुविधा दिने, सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागु गर्न तयार छौं तर १० प्रतिशत सेवा शुल्क भने दिन सक्दैनौं । ” आफुहरुको अपेक्षाकृत व्यापार नहुदा धेरै होटल तथा रेष्टुरेण्टहरु धरासायी हुदै गएको उनले गुनासो गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button