बागलुङमा वडा कार्यालय बनाउन जग्गा दान

पोखरा न्यूज -२२, माघ ।

बागलुङको गलकोट नगरपालिका–४ नं वडा कार्यालय भवन बनाउन स्थानीय ज्ञानकुमारी न्यौपानेले १२ आना जग्गा प्रदान गरेकी छन् ।

रु पाँच लाख मूल्यको जग्गा जनताको सेवा प्रदान गर्न सहज होस् भनेर वडा कार्यालयका नाममा नामसारी गरिदिएको न्यौपानेले बताइन् । वडा कार्यालयलाई आवश्यक पर्ने विषयगत कार्यालयसहितको सुविधासम्पन्न भवन बनाउन प्राप्त जग्गा व्यवस्थित गर्ने कार्य भइरहेको गलकोट का वडाध्यक्ष बलबहादुर खत्रीले बताए  । खत्रीले भने , “वडा कार्यालयको भवन निर्माणका लागि नगरपालिकामा निर्णय गरेर प्रदेश तथा केन्द्रीय सरकारसँग माग गर्नेछौँ ।”

उनले सुविधासम्पन्न भवन निर्माणका लागि रु एक करोड बढी खर्च हुने बताएका छन् । निःशुल्क प्राप्त जग्गालाई रु चार लाख बढी रकम खर्च गरेर भवन निर्माण गर्नका लागि तयार गरिएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले हाल भाडाको घरबाट सेवा दिइरहेकोे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button