शुल्क बढी लिएको भन्दै पोखराको जिएमसी टिचिङ हस्पिटलको ओपीडीमा तालावन्दी

पोखरा न्यूज- २२, माघ । पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी ) टिचिङ हस्पिटलको ओपीडी सेवालाई प्रभावित हुने गरी तालावन्दी भएको छ ।

सरकारले तोके भन्दा कलेजले बढी शुल्क लिएको भन्दै बिद्यार्थीहरुको एक समुहले ओपीडी सेवानै प्रभावित हुने गरी आज (मंगलबार) देखि अनिश्चितकालिन तालावन्दी गरेका हुन् ।

आन्दोलनरत एक बिद्यार्थीले जिएमसी प्रशासनले ले सरकारले तोकेको भन्दा बढी शुल्क लिएकोले उक्त रकम बिद्यर्थीहरुलाई फिर्ता नगरेसम्म वा फिर्ता गर्ने लिखित प्रतिवद्धत्ता नआएसम्मको लागि आफुहरुले बाध्य भएर ओपीडी प्रभावित हुने गरी तालावन्दी गरेको बताए।

विगत ६ महिना देखि कलेज प्रशासनलाई राज्यले तोकेको शुल्क भन्दा बढी लिएको रकम तत्काल फिर्ता गर्न र विना विलमा रकम लिने गरेको बिरुद्ध आवाज उठाउदै आउदा कलेज प्रशासनले अटेर गर्दै आएको बिद्यार्थीहरुको गुनासो छ ।

सरकारले एमबीबीएस अध्ययनको लागि ४२ लाख ४८ हजार शुल्क निर्धारण गरेपनि जिएमसीले विभिन्न वहानामा ५६ लाख भन्दा बढी लिने गरेको बिद्यार्थीहरुले गुनासो गरेका छन्। आन्दोलन स्वरुप बिद्यार्थीले कलेजमा धर्ना, बिरोध ¥याली हुदै, वार्ताको प्रयास समेत विफल भएपछि अन्त्यमा ओपीडी सेवा ठप्प पार्न तालावन्दी गर्नु परेको बिद्यार्थीहरु बताएछन् ।

यस बिषयमा कलेजका डा. रविन्द्र श्रेष्ठलाई पटक पटक हामीले मोवाईलमा फोन गर्दा फोन उठ्न सकेन् । कलेजको आधिकारीक धारण लिन खोज्दा कलेज प्रशासनले यस बिषयमा कुनै वास्ता गरेन् । कलेजमा सम्पर्क गर्दा ओपीडीमा तावावन्दी भएकोले बुधबारको ओपीडी सेवा संचालन नहुने एक कर्मचारीले बताइन् ।

हस्पिटलमा हाल ५ सय बढीको शैया वेड रहेको छ भने हस्पिटलमा हाल दैनिक जसो ७ सय जना सेवाग्राहिहरु आउने गरेका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button